परवानीपुर प्रहरीको ठूलो सफ्लता १ सय ५ ग्राम खैरो हिरोईन सहित एक महिला पक्राउ

परवानीपुर प्रहरीको ठूलो सफ्लता १ सय ५ ग्राम खैरो हिरोईन सहित एक महिलालाई पक्राउ गरिएको छ।

बिहिबार राती २०:२० बजेको समयमा परवानीपुर पुल नजिक स्थित सडकखण्डमा प्रहरी चौकी परवानीपुरका इनचार्ज योगेन्द्र थापाको कमान्डमा खटिएका ३ जनाको टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको जम जम सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.२१ परवानीपुर बस्ने बर्ष ३० की फुलसन खातुनको साथमा रहेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ २० प्याकेट गरी जम्मा १०५ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको हुँदा उल्लेखित लागु औषध सहित पक्राउ गरी यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट -५दिन ( पाँच ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको ।

जिल्ला प्रहरी कर्यलय पर्साको प्र्स बिज्ञेपती बाटले जनाएको छ।