वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

जितपुर, असार १९। वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसबाट उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत … Read more

छातापिप्रामा ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मानसहित झुल तथा छाता वितरण

जीतपुर, असार १२ – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–९ ले ज्येष्ठ नागरिक तथा एकल महिलाको सम्मान र स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै झुल र छाता वितरण गरेको छ। चालु आर्थिक वर्षको वडास्तरीय बजेट अन्तर्गत बिहीबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाभित्रका ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मानस्वरूप झुल तथा छाता हस्तान्तरण गरिएको हो। वडा अध्यक्ष मोतिलाल राउतले पछिल्लो … Read more

बाराको छातापिप्रामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा, जितपुर ८ असार । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रा स्थित वीरगञ्ज–पथलैया सडकखण्डमा आइतबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार साँझ करिब ५ः४० बजे जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका एक पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा पैदल यात्रीसहित मोटरसाइकलमा … Read more

जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गजेन्द्र गुप्ता, प्रतिद्वन्द्वीलाई ३३० मतले पराजित

जितपुर ८ असार। जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको तेस्रो अधिवेशआइतबार सम्पन्न मतदानको अन्तिम परिणामअनुसार गजेन्द्रकुमार गुप्ताले ५२९ मत प्राप्त गरे भने मनोजकुमार गुप्ताले १९९ मतमा चित्त बुझाउनुपरेको थियो। अध्यक्ष पदमा भारी मतान्तरको जितसँगै गजेन्द्र नेतृत्वको समूहले अधिकांश पदमा विजय हासिल गर्दै व्यवसायीहरूको स्पष्ट विश्वास प्राप्त गरेको देखिएको छ।नअन्तर्गत सम्पन्न निर्वाचनमा युवा व्यवसायी गजेन्द्रकुमार गुप्ताको प्यानलले प्रभावशाली जित हासिल गरेको छ। अध्यक्ष पदका प्रत्याशी गुप्ताले निकटतम प्रतिद्वन्द्वी मनोजकुमार गुप्तालाई ३३० मतको फराकिलो अन्तरले पराजित गर्दै सङ्घको नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।

आइतबार सम्पन्न मतदानको अन्तिम परिणामअनुसार गजेन्द्रकुमार गुप्ताले ५२९ मत प्राप्त गरे भने मनोजकुमार गुप्ताले १९९ मतमा चित्त बुझाउनुपरेको थियो। अध्यक्ष पदमा भारी मतान्तरको जितसँगै गजेन्द्र नेतृत्वको समूहले अधिकांश पदमा विजय हासिल गर्दै व्यवसायीहरूको स्पष्ट विश्वास प्राप्त गरेको देखिएको छ।

वरिष्ठ उपाध्यक्षमा शिवजी प्रसाद साह सोनार ५०२ मतसहित निर्वाचित भए। उनले प्रतिस्पर्धी सन्तोष कुशवाहालाई पछि पारे। यस्तै वाणिज्य उपाध्यक्षमा रामबाबु कलवार ५११ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी प्रमोद साह तेली पराजित भए।

महासचिव पदमा प्रकाश गिरी पुनः निर्वाचित भएका छन्। उनले ५१२ मत प्राप्त गरी दोस्रो कार्यकाल सुनिश्चित गर्दा प्रतिस्पर्धी सुशील शर्माले १८८ मत प्राप्त गरे। कोषाध्यक्षमा रिना रौनियार पुरी ४१२ मतसहित निर्वाचित भइन् भने विन्देश्वरी प्रसाद साह कलवारले २६७ मत प्राप्त गरे।

वाणिज्य सचिव पदमा रिता कँडेल विजयी भइन्। उनले २९७ मत प्राप्त गरिन् भने अन्य उम्मेदवारहरू प्रदीप कुमार र शान्ताकुमारी बजगाईं (रिना) क्रमशः १७६ र १३६ मतमा सीमित भए।

वाणिज्य सदस्यतर्फ अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार तथा मनोहरबाबु गुप्ता निर्वाचित भएका छन्।

प्रमुख निर्वाचन अधिकृत सरदचन्द्र भट्टराईका अनुसार ६ पदाधिकारी र ७ सदस्य पदका लागि भएको निर्वाचनमा कुल ७६२ मत खसेको थियो। मतगणना सम्पन्न भएसँगै अन्तिम नतिजा सार्वजनिक गरिएको हो।

यसअघि उद्योगतर्फका केही पदहरूमा निर्विरोध चयन भइसकेको थियो। उद्योग उपाध्यक्षमा विजयकुमार साह, उद्योग सचिवमा मुकेशप्रसाद साह, उद्योग सदस्यमा ठहलबहादुर विश्वकर्मा, राकेशकुमार गुप्ता र राजेशकुमार प्रसाद साह, एशोसियट सदस्यमा हिमांशु गोल्छा तथा वस्तुगत सदस्यमा सूर्यप्रसाद त्रिपाठी निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचन परिणामले जितपुरसिमराका व्यवसायीहरूले नयाँ नेतृत्वप्रति उच्च भरोसा व्यक्त गरेको संकेत गरेको छ। अब नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ताको नेतृत्वमा सङ्घले व्यवसायीका हकहित, संस्थागत सुदृढीकरण तथा स्थानीय आर्थिक गतिविधिलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

Read more

वीरगञ्जबाट भारतीय नाबालिका सिद्धि मिश्रा बेपत्ता, सूचना दिनेलाई रु. १ लाख पुरस्कार घोषणा

वीरगञ्ज, पर्सा — पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाबाट एक भारतीय नाबालिका रहस्यमय रूपमा बेपत्ता भएकी छन्। भारतको बिहार राज्य निवासी सिद्धि मिश्रा २०८३ साल वैशाख १६ गते बुधबारदेखि वीरगञ्ज क्षेत्रबाट सम्पर्कविहीन रहेको उनका परिवारजनले जानकारी दिएका छन्। परिवारका अनुसार सिद्धिको खोजीका लागि विभिन्न स्थानमा व्यापक खोजतलास तथा आवश्यक प्रयासहरू जारी राखिए पनि हालसम्म उनको कुनै अत्तोपत्तो … Read more

पूर्वाधारमा सबैभन्दा ठूलो बजेट, शिक्षा र ऊर्जामा पनि उच्च प्राथमिकता

आगामी आर्थिक वर्षका लागि सरकारले विभिन्न मन्त्रालयहरूमा बजेट बाँडफाँट सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणअनुसार विकास निर्माण र पूर्वाधार क्षेत्रलाई सरकारले सबैभन्दा उच्च प्राथमिकतामा राखेको देखिएको छ। पूर्वाधार विकास मन्त्रालयका लागि मात्रै ३ खर्ब २ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन सबै मन्त्रालयमध्ये सबैभन्दा ठूलो बजेट हो। शिक्षा क्षेत्रमा पनि सरकारले … Read more

सूर्य नेपालद्वारा छातापिपरा ९ लाई पोर्टेबल अल्ट्रासाउण्ड मेसिन सहयोग, स्थानीयवासी लाभान्वित हुने

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ लाई सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत पोर्टेबल अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय नागरिकलाई सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रदान गरिएको उक्त मेसिनप्रति वडा कार्यालय तथा स्थानीयवासीले हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेका छन्। वडा कार्यालयका अनुसार हालसम्म स्वास्थ्य सेवा … Read more

पर्सामा ८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई युवक पक्राउ

पर्सा प्रहरीले लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान अन्तर्गत खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८३ जेठ २ गते राति करिब ९ः४० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ३१ कटगेनवा स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकल … Read more

वीरगंज वडा नं. ३० मा अश्लील गीत–संगीतमाथि पूर्ण प्रतिबन्ध, उल्लंघन गरे स्पीकर जफत र कारबाही हुने

वीरगंज महानगरपालिका वडा नं. ३० ले आफ्नो क्षेत्रभित्र अश्लील गीत–संगीत बजाउन पूर्ण रूपमा निषेध गरेको छ। पछिल्लो समय विवाह, चाडपर्व, मेला तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा छाडा र द्विअर्थी गीत बजाउने प्रवृत्ति बढ्दै गएको भन्दै स्थानीयस्तरबाट गुनासो आएपछि वडा कार्यसमितिले यस्तो निर्णय गरेको हो। वडा कार्यसमितिको बैठकबाट पारित प्रस्तावअनुसार अब वडा क्षेत्रभित्र सञ्चालन हुने कुनै पनि … Read more

सिमरामा सुशासन र भ्रष्टाचार नियन्त्रणबारे अन्तरक्रिया, नगरप्रमुखले शिक्षा क्षेत्रको समस्या स्वीकारे

बारा जिल्लाको सिमरामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयको आयोजनामा बुधबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा एकरूपता बढाउने विश्वास व्यक्त गरे। उनले शिक्षा ऐन … Read more