जीतपुर, ३असोज
बाराको परवानीपुर स्थित हेटौडा ग्रिडअन्तर्गतको १३२ केभी सबस्टेशनमा आगलागी हुँदा करोडौंको क्षती भएको छ ।

सब स्टेशनमा रहेको दुईवटा पोल भाँचिर एक अर्काको सम्पर्कमा आउँदा आगलागि भएको हो। क्षतीको विवरण यकिन अहिलेसम्म हुन नसके पनि ११ के.भि. को एउटा फिडरमा क्षती पुग्दा करिब १० करोडको क्षती हुनजाने परवानीपुर सब स्टेशनका ईन्चार्ज साहयक ईञ्जिनीयर अमित चौधरीले जानकारी दिए । ईञ्जिनीयर चौधरीका अनुसार सव स्टेशनको ९ वटा फिडरमा असर पुगेको बताए ।

आगलागी पछि सर्वसधारणको घरमा विद्युत सप्लाई गर्न उद्योगहरुलाई वितरण गरिएको लाईन काटिएको छ। बुधवार दिउँसो आगलागी भएपछि अवरुद्ध भएको विद्युत् आपूर्ति पुन सुचारु गरिएको छ । १३२ केभीए ब्रेकरको ‘बुस’ फुट्दा विद्युत् आपूर्ति पुनः अवरुद्ध भएको हो । उनका अनुसार प्रसौनी सवस्टेशनमार्फत अस्थायी रूपमा आपूर्ति मिलाईएको छ।

सबस्टेशन ईन्चिार्ज ई. चौधरी आगलागी बारे जानकारी दिदै ।
केभी प्यानलमा सर्ट सर्किट भई आगलागी हुँदा सिमरा, कृषि, गण्डक, डावर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगन्ज, नितनपुर, चोर्नी र भलुही फिडरसहित सबै क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो ।
आगलागीलाई वरुण यन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा नियन्त्रणमा लिइएको थियो । विद्युत् आपूर्तिमा भएको लगातार अवरोधले औद्योगिक क्षेत्रदेखि व्यापारीक र सर्वसाधारणको दैनिकीसम्म गम्भीर
असर पारेको छ । नेपाल विद्युत् प्राधिकरणले भने मर्मत कार्यलाई तीव्र बनाएको र सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्ने योजनामा रहेको सहायक ईञ्जिनीयर चौधरीले बताए ।
आगलागीबाट ११ केभीको २७ वटा ब्रेकर प्यानलमध्ये ९ वटा प्यानलमा पुर्ण रुपमा क्षती पुगेको छ । उद्योगहरुलाई १० देखि १२ दिनसम्म वैकल्पिक उपाय अपनाएर उद्योग चलाउँन अनुरोध गरिएको परवानीपुरको सव स्टेशन ईन्चार्ज


