जितपुर, बारा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बारा को आगामी अध्यक्ष पदका लागि विद्यार्थी पुस्तक भण्डार जितपुरका सञ्चालक श्रवण कुमार गुप्ता उपयुक्त उम्मेदवारका रूपमा देखिएका छन्।
लामो समयदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय रहँदै आएका गुप्ताले व्यवसायिक हकहित संरक्षण, संगठन सुदृढीकरण तथा व्यवसायीहरूबीच एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। व्यवसायीहरूको समस्या, चुनौती र समाधानप्रति गहिरो बुझाइ भएका कारण उनलाई अध्यक्ष पदका लागि सक्षम र भरोसायोग्य उम्मेदवारका रूपमा हेरिएको छ।
जिल्ला भरिका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूका अनुसार गुप्ताको नेतृत्वमा महासंघले थप सक्रियता पाउने, व्यवसायीहरूको आवाज प्रभावकारी रूपमा उठ्ने र संगठन थप सशक्त बन्ने विश्वास गरिएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै व्यवसायी वृत्तमा गुप्ताको उम्मेदवारीलाई लिएर सकारात्मक चर्चा सुरु भएको छ।


