लागु औषधसहित ४ जना ब्यक्तिहरु पक्राउ

रसीद आलम,बिरगंज ,२२ फागुन ।

लागु औषधसहित ४ जना ब्यक्तिहरु पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ।

फागुन २१ मा प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २४० मि.ग्राम सहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रौतहट गुजरा न.पा.वडा नं.३ कटानी बस्ने वर्ष ३२ को भिम बहादुर वाईवा र सोही बस्ने वर्ष २५ को मिलन तामाङ रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाए ।

त्यस्तै,प्रहरी नायब निरीक्षक सिंहकै कमान्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटबाट मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३२ को गणेश घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र मकवानपुर बकैया गा.पा.वडा नं.५ बस्ने वर्ष ३५ को बिकाश भोलनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ४५ सेट फेला परेको हुँदा दुईजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ।

पक्राउ परेका चार जनाहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताएका छन्  ।