बारा,२८ फागुन ।
बारा प्रहरीले चर्को अवाजमा डिजे बजाउने व्यक्तिलाई कलैया बजार एरियाबाट साउन्ड सिस्टम सहित नियन्त्रणमा लिएको छ।
सोमबार बेलुका ३ बजेको समयमा कलैया उप-महानगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थामा नेपाल सुनिल बैण्ड कलैया बाराका बैण्ड र व्यक्तिलाई डिजे गाडि सहित नियन्त्रणमा लिईएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी)दधिराम न्यौपाने जनाएका छन् ।
पक्राउ परेका बाराको कलैया उप-महानगरपालिका वडा नं.९ रामपुर बस्ने वर्ष ३० को मनौवर मियाँलाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।