मधेस प्रदेश सरकारको नव न्युक्त शिक्षा तथा संस्कृति मन्त्री जयसवाललाई जीतपुरमा स्वागत

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री प्रमोद कुमार जयसवाललाई भव्य स्वागत गरिएको छ । मन्त्री जयसवाललाई बाराको जीतपुरमा भव्य स्वागत गरिएको हो ।

मधेस प्रदेश सरकारको नव न्युक्त शिक्षा तथा संस्कृति मन्त्री जयसवाललाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेपाल सितोरियो कराते संघ शाखा डोजो जीतपुरले बधाई सहित सम्मान कार्यक्रमको आयोजना गरि निमन्त्रणा गरेको थियो ।

नेपाल सितोरियो कराते संघ शाखा डोजो जीतपुरको निमन्त्रणा स्विकार गर्दै मन्त्री जयसवाल जीतपुरमा आएका थिए । उनी जीतपुर आउदा उनको स्वागतमा सयौं जनताहरू फुलमाला सहित स्वागत गरेका थिए ।

नेपाल सितोरियो कराते संघ शाखा डोजो जीतपुरले मन्त्री जयसवालको कार्यकालमा शिक्षा र संस्कृति क्षेत्रमा सकारात्मक फड्को मार्ने विश्वाश लिएको संघका प्रशिक्षक मनोज कुमार साहले बताउनु भयो ।

यता कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले सरकारले शिक्षा क्षेत्रमा छुट्याएको रकमको पुर्ण सदुपयोग गर्दै मधेसमा सरकारी स्कुलबाटै गुणस्तर शिक्षा प्रदान गर्ने लक्ष्यमा काम गर्ने बताउनु भयो ।