जीतपुरसिमराका होटल तथा रेष्टुरेन्ट संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम

जीतपुरमा खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको  आयोजनामा बिहिवार जीतपुरसिमरा भित्रका होमस्टे, होटल रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको हो ।

oplus_131072

अहिले सहर तथा गाउँमा अखाद्य पदार्थको प्रयोग बढिरहेको र विवाह, भोज लगायत विभिन्न कार्यक्रमहरुमा मानिसहरु विरामी पर्ने गरेको घटनाहरु बढ्दै गएकाले व्यवसायहरु सचेत रही ग्राहक स्वच्छ खाना प्रदान गर्नका लागि तालिम दिएको

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश सिंहले बताए ।

oplus_131072

उनले होटल व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी प्रस्तुतीकरण दिएका थिए । उक्त प्रस्तुतीकरणको क्रममा होटल तथा रेष्टुरेन्टको सरसफाई अवस्था, खाना बनाउने ठाउँ, खाना खुवाउने ठाउ तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको पर्याप्त व्यवस्था गरिएको, भान्छाकोठा, खान खुवाउने स्थानमा बसेर धुम्रपान गर्न निषेध गर्ने, पिउने पानीका लागि प्रशोधित तथा पिउनयोग्य पानी व्यवस्था मिलाउने बारेमा होटल व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

oplus_131072

त्यस्तै, कच्चा तथा तयारी खानेकुराहरुको लागि छुट्टाछुट्टै ठाउँ÷बोर्ड र भाडावर्तनहरुको व्यवस्था भएको हुनुपर्नेे, मासु, दुग्धपदार्थहरुलाई तापक्रम भण्डार गरी मिति तथा समय ठिकसँग लेबल लगाएको हुनुपर्ने, पेय पदार्थ र खानेकुराहरुलाई छोपेर जतिसक्दो चाँडो वा कुनै पनि हालमा २ घण्टाभित्र ५ डिग्री सेल्सियको तापक्रम राखिएको हुनुपर्ने, रेफ्रिजेरेटर तथा फ्रिजहरु ठिक तापक्रममा चलिरहेको छन या छैन चेकजाँच गर्ने, खाद्य स्वच्छता र सरसफाईका बारेमा कर्मचारीहरुलाई पर्याप्त तालिम दिने र पकाएका, चिस्याइएका, भण्डारण गरिएका , पुन ः तताइएका र झिकेर खाने बस्तुहरुको तापक्रम तथा समयको अभिलेख हुनुपर्ने लगायतका बारेमा व्यवसायीहरुलाई जानकारी गराएका थिए ।

oplus_131072

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश सिंहको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछाने रहेको थियो ।होमस्टे होटेल रेष्टुरेन्ट क्यान्टिन संचाकहरुलाई खाद्य स्वच्छता सम्बन्धि तालिम कार्यक्रममा बोल्दै जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने जीतपुरसिमरा उपमहानगरकै ठूलो बजार जीतपुर भएको हुनाले यहाँको होटेल रेष्टुरेन्टको खाना गुणस्तर युक्त हुनु आवश्यक रहेको बताउनुभयो ।खाद्य स्वच्छता सम्बन्धी तालिम कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासा्को जवाफ

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको प्रमुख सुरेश सिंहले दिनुभएको थियो ।उक्त तालिम कार्यक्रममा जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका कोषाध्यक्ष रामबाबु साह, होटेल पर्यटन ब्यवसायी संघ बाराका कार्यवाहक अध्यक्ष शम्भु खडगी लगाएत जीतपुरसिमराका होटेल ब्यवसायी किराना पसल संचालकहरुको उपस्थिति रहेको थियो ।