०५ जेठ बारा : बाराको पिप्रामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १२ पिप्रा टोल शनिवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।पिप्रा टोल का बर्ष ४५ का रामानन्द चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आफ्नै घरमा सेलिङ पंखा खोलेर बनाईरहेको बेला चौधरीलाई करेन्ट लागएको थियो । करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागि नारायणी सेन्ट्रल अस्पताल लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए ।घटना बारे ठप्प अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।