१७ जेठ । बारा :नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीलाई बिहिवार नगर स्तरीय सर्वदलीय दलित संजालले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका जनसंख्याको हिसाबले अत्यधिक दलित जनसंख्या भएको पालिका रहेकोले जीतपुरसिमरा उपमहानगरपालिकामा अत्यन्तै पिछडिएको मुसहर,चमार,पासवान,बिश्वकर्मा,परियार,सार्की,डोम लगाएत दलितहरुको बासोबास रहेकोले दलित संजालले दलित समाजलाई अगाडी बढाउने खालको योजना उपमहानगरको आर्थिक बर्ष २०८१/०८२ को बजेटमा समावेश गर्नको लागि उपप्रमुख अधिकारी समक्ष ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको छ ।
नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकाको वार्षिक क्यालेन्डरमा दलित सम्बन्धि कार्यक्रम समावेश गर्न उपमहानगर संग अनुरोध गरेको छ ।


नगरस्तरीय योजनामा दलित समुदायको उत्थान र बिकासको लागि १ करोड बजेत बिनियोजनको माग सहित ज्ञापनपत्र बुझाईएको दलित अगुवा एवं पूर्व मधेश प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्माले बताउनुभयो ।

अति बिपन्न दलित गरिबलाई राहत परिचय पत्र उप्लबध गराउने देखि लिएर दलित समुदायको ईतिहास र अस्थाको केन्द्र शहलेस बाबा,दिना भद्री,भुईयामाई लगाएतका देवी देवताको मन्दिरलाई संरक्षण सम्वर्धन गर्न उपमहानगरलाई पहल गर्न र प्रत्येक बर्ष बिश्वकर्मा पूजाको दिन नगरभरी सार्वजनिक बिदा दिने नगरस्तरीय सर्वदलीय दलित संजालले बुझएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नगरस्तरीय सर्वदलीय दलित संजालका अध्यक्ष सुदन दास तात्मा र सचिव सन्तोष राम लगाएत दलित अगुवाहरु जीतपुरसिमरा उपहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै उपमहानगर उप प्रमुख अधिकारीले आर्थिक बर्ष २०८१/०८२ मा ज्ञापन पत्रमा उल्लेख गरिएको मागहरु समावेश गरिने बताउनुभयो ।
पहिला देखि नै जीतपुरसिमरा उपमहानगरपालिकाले दलित समुदायलाई लक्षित गरेर बिभिन्न किसिमको कार्यक्रम समावेश गर्दै आएको र यस बर्ष समेत दलित समुदायलाई प्राथमिकताम राखेर नीति तथा कार्यक्रम निर्मान गरिने बताउनु भयो ।ज्ञापन पत्र बुझाउने कार्यक्रममा दलित अगुवा ,इन्दल पासवान बिमला देवी शर्मा,ललिता देवि पासवान लगाएत दलित समुदायका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।