बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको एक बालकलाई सर्पले टोकेको छ । सोमबार विहान ७ बजेको समयमा आफ्नै घरमा गमन सर्पले टोकेको हो ।
भोला साह कलवारका १३ वर्षिक छोरा जिगर कुमार गुप्तालाई गमन सर्पले टोकेको थियो । उनको विरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । गुप्तालाई सर्पको भेनम चढाइए पनि उनको अवस्था गम्भिर रहेको पारीवारीक स्रोतले बताएको छ ।
हाल जीतपुरसिमरा उपमहानगरपालिका भित्र सर्पहरुको बिगबिगि रहेको छ । तर हाल सम्म पनि जीतपुरसिमरा उपमहानगरले यस विषयमा कुनै ठोस कदम चालेको देखिदैन । उपमहानगरभित्र हाल सम्म एउटा पनि सर्पदंस केन्द्र छैन् जस्ले गर्दा यँहाको स्थानियलाई उपचारको लागि विरगञ्ज वा हेटौडा जान पर्छ ।