ट्राफिक प्रहरी सहायक निरीक्षक यादव भेट्दैन कार्यालयमा,रकम असुलिमा ब्यस्त 

बारा : पर्साको एक जना ट्राफिक प्रहरी सहायक निरिक्षक ड्युटीमा न भेटेर दिन भरी पैसा असुल्नेमा ब्यस्त भएको देखिएको छ।
ट्राफिक प्रहरी कार्यलय परवानिपुरमा कार्यरत रहेका ट्राफिक  प्रहरीका इन्चार्ज  रामसहाय यादव आफ्नो कार्यालयमा कहिले पनि देखा नपर्ने गरेको पाईएको छ।

 

जनताको सुरक्षा र ट्राफिक ब्यवस्थापन गरेर दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीलाई ड्युटीमा खटाईने गरेको छ तर  प्रवानिपुरका ट्राफिक प्रहरी कार्यलयका इन्चार्ज  रामसहाय प्रसाद यादवले ट्राफिक ब्यवस्थापन नगरेर रकम असुल्नेमा ब्यस्त रहेको केही सेवाग्रहाहरुको गुनासो समेत आएको छ।
प्रहरी सहायक निरिक्षक यादवलाई जहिले पनि सम्पर्क गर्न खोज्दा आफू कार्यालय बाहिर रहेको भन्ने गरेको छ।

ट्राफिक ब्यवस्थापनमा नै खटिने ट्राफिक प्रहरी जब ड्युटी छोडेर रकम असुलिमा ब्यस्त हुन्छ भने ट्राफिक ब्यवस्थापन चाहिँ कस्ले गर्ने हो भनेर गम्भीर प्रश्न उठेको छ।
जबकी सबै भन्दा बढि सवारी दुर्घटना हुने भनेको बिरगंज देखि पथलैयको बाटोमा प्रवानिपुर पनि दुर्घटना हुने क्षेत्रमा पर्छ तर त्यहाँ ड्युटी नखटेर प्रहरी सहायक निरीक्षक रकम असुल्नेमा ब्यस्त देखिने गरेको छ।  पर्सा जिल्लाको ट्राफिक ब्यवस्थापन मिलाउन  ट्राफिक प्रमुख भास्कर खतिवडा संग सम्पर्क गर्दा पनि प्रमुख खतिवडाले केही वस्ता नगरिएको देखिएको छ।