कुशवाहालाई गाेली हानेकाे आशंकामा दुई जना पक्राउ

कुशवाहाकाे हत्या लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले साेधपुछका लागि २ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका ती दुवैकाे परिचय भने खुलाएकाे छैन ।

आदर्श काेतवाल गाँउपालिका २ का स्थायी बासिन्दा कुशवाहा गाँउबाट कलैया तर्फ जाने क्रममा मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको भन्ने प्रारम्भिक रुपमा बुझिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । न्यौपानेले घटनाको थप विवरण खुल्न बाँकी रहेको बताए