दुईबटा जंगली हातीको दारा सहित ३ जना प्रहरीको नियन्त्रणमा

!दुई वटा जंगली हातको दारा सहित तिन जना मानिसलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

विगत केही महिना अगाडी देखि जिल्ला पर्सा ठोरी गा.पा.वडा नं.४ गोरखपुर टोल स्थितमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको भनी सूचना प्राप्त भई सो सम्बन्धमा थप कुरा बुझ्नको लागि गोप्य रूपले प्रहरी परिचालन गरीको थियो ।

सो हातीको दाराको बारेमा पता लगाउने क्रममा आज बिहानको अं.०६:०० बजे समयमा ठोरी गा.पा.वडा नं.४ चन्द्र परियारको खेतमा खाल्डो खनी अं.२१/२१ के.जी.तौल भएको दुई वटा हातीको दारा जस्तो देखिने बस्तु सहित फेला परेको बरामद गरी सो कार्यमा सलंग्न जिल्ला पर्सा ठोरी गाउपालिका वडा नं.४ विजयबस्ती गुम्बालाइन बस्ने वर्ष ४१ को कुइसंग लामा वीरगञ्ज म.न.पा.वडा नं.१४ पिप्रा बस्ने वर्ष ४० प्रेम शर्मा वीरगञ्ज म.न.पा.वडा नं.३१ बस्ने वर्ष अमिरीलाल महतो नियन्त्रणमा लिईएको छ ।

जिल्ला डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको पर्सा जिल्ला प्रहरी कार्यलयका प्रवक्ता दिपक भारतीले प्रेस बिज्ञेपती द्वारा जानकारी गराए।