गण्डकस्थित भाटभटेनी सुपर मार्केटमा अनुगमन ,म्याद गुज्रिएको समाग्री बरामद

वीरगञ्जको गण्डकस्थित भाटभटेनी सुपर मार्केटमा सञ्चालित २ वटा रेस्टुरेन्टमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेको छ ।

वीरगञ्ज महानगरपालिका र उपभोक्ता हित मञ्चको संयुक्त टोलीले आइतवार भाटभटेनीमा सञ्चालित ४ वटा रेस्टुरेन्टमा अनुगमन गर्दा म्याद गुज्रेका खाद्यान्न सामाग्री फेला परेको उपभोक्ता हित मञ्चका अध्यक्ष अजित भुजेलले जानकारी दिए ।

महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दासको नेतृत्वामा गएको अनुगमन टोलीले म्याद गुज्रेका खाद्यान्न बेचेर आम सर्वसाधारणको स्वस्थ्यसँग खेलबाड गर्ने अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५÷५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटको माथिल्लो तलामा रहेका ती रेस्टुरेन्टमा म्याद गुज्रेका मःम, चाउमिन, मासु, अमृत तेल, मैदा, बेसन लगायतका सामग्री फेला परेका थिए ।

म्याद गुज्रेका ४ बोरा मैदा, २ प्याकेट कुखुराको मासु, ४ प्याकेट चाउमिन, ५ सय ग्राम गोल्ड बेसन, ६ प्याकेट अमृत तेल र एक प्याकेट मन्चुरियन नष्ट गरिएको छ ।

यात्रा डेली