जितपुर : ईलाका प्रहरी कार्यालय जीतपुरमा प्रहरी नायब निरीक्षक मोह नारायण यादवको मोह बढदै गएको छ ।इन्चार्ज को जिम्मेवारी सम्हाले देखिनै प्रहरी नायब निरीक्षक मोह नारायण यादव प्रती तस्करहरुको मोह बढदै गइरहेको छ ।अहिले ईलाका प्रहरी कार्यालय जीतपुरका इन्चार्ज यादव तस्करहरु संग आफ्नो मोह बढाए पछि जीतपुरको सुरक्षा ब्यवस्था फितलो बनेको छ ।
इन्चार्जको जिम्मेवारी सम्हाले देखीनै जीतपुरमा तस्करहरुको रजगज बढेको छ।अहिले जीतपुर बाट लाखौं मूल्य बराबरको सम्मान दैनिक तस्करहरुले भित्राईरहेका छन ।तस्करहरु संगको सेटिङमा अहिले प्रहरीले सुरक्षा ब्यवस्था नै फितलो बनाएको छ ।चाड पर्व नजिकिए सगै अहिले जीतपुरमा भारतिय समानहरुको बिगबिगी बढेको छ ।ईलाका प्रहरी कार्यालय जीतपुरको मिलोमतोमा अहिले तस्करहरुको।लाईन खुल्ला गरिएको श्रोतले जनाएको छ।ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक मोह नारायण यादवले तस्करहरु संग राम्रो पैसा असुली गरिरहेको श्रोतहरुको दावी समेत रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक महेन्द्र खडकाको रोजाईमा मोह नारायण परेको कारण उनलाईन ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्जको जिम्मेवारीमा पठाईएको श्रोतले बताएको छ।ईलाका प्रहरी कार्यालय जीतपुरमा यो भन्दा पहिला बरिस्ठ प्रहरी नायब निरीक्षक इन्चार्ज बस्दै आएकोमा एसपी खडकाको रोजाइमा प्रहरी नायब निरिक्षक यादव परे पछि उनलाई जीतपुरको इन्चार्ज बनाईएको श्रोतले जनाएका छन ।
ईलाका प्रहरी कार्यालय जीतपुरका इन्चार्ज मोहनारायाण यादवले अहिले चाड पर्वलाई लक्षित गरेर राम्रो पैसा असुली गरेको श्रोतले बताएको छ। इन्चार्ज यादवले अहिले जीतपुरमा रहेका उधोगहरु सग पनि पैसा असुली गरिरहेको एक जना उधोगिले नाम नखोल्ने शर्तमा नवजोशखबरलाई जनकारी गराएका हुन।जीतपुरमा इन्चार्ज बन्नु भन्दा पहिला जिल्लामा मोटो रकम बुझाएर आउनु पर्ने भएकोले मोहनारायणको जीतपुरमा मोह बढदै गएको छ ।ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्ज अहिले पैसाको मोहमा परेको कारण जीतपुरमा सुरक्षा ब्यवस्थामा कडाई हुन सकेको छैन ।जनताको सुरक्षाको जिम्मेवारी लिएको प्रहरी नै यसरी आतंक मचाउन थाले पछि जनताको सुरक्षा चाहिँ कस्ले गर्ने भनेर अहिले गम्भीर प्रश्न उठेको छ ।