बिशाल सरार्फ जितपुर बारा कार्तिक २० गते
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको दुधौरा खोलाबाट तस्करहरुले नदीजन्य पदार्थ तस्करी गरिरहेका छन् । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको संरक्षणमा तस्करहरुले नदीबाट बलुवा गिटी लगाएतका नदीजन्य पदार्थको तस्करी गरिरहेका स्थानीयहरुकाे अराेप लगाएका छन् । खुल्याम तरिकाले तस्करी भइरहँदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन मौन बस्दा उनीहरूको मिलोमतमा तस्करी भइरहेको अनुमान गर्न सकिन्छ। हालसम्म स्थानीय सरकारले नदीजन्य पदार्थको ठेक्का आवान गरेको छैन। तर यहाँबाट अवैध तरिकाले तस्करी भइरहेको छ। स्थानीयहरूले तस्करी भइरहेको हेरेर बिराेध गरेर उनीहरूले पत्रकार र प्रहरीलाई खबर गरी तस्करी भइरहेको ठाउँमा बोलाएका थिए। प्रहरीले केही गाडीलाई समातेर कारवाही गरे तर पनि पूर्ण तस्करी सुरु भइसकेको छ। तर प्रहरी मौन बसिरहेको छ। आज बिहान जाँदा खोलामा ट्याक्टरहरुमा ढुङ्गा र बालुवा लोड गरिरहेको अवस्था भेटिएको छ।