गढीमाई मेलामा आज पाँच हजार रांगाको बली, भारतीय एसएसबीले रोकेपछि बलीको संख्या घट्यो

बलीका लागि विश्वप्रसिद्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको गढीमाई मेलामा आज पाँच हजार रांगाको बली दिइएको छ । यसअघि मेलामा करिब ११ हजार भन्दा बढी बली चढाइने मेला समितिको अनुमान भएपनि यस वर्ष बलीको संख्या घटेको छ ।

भारत सरकारले भारतबाट आउने दर्शनार्थी र तिर्थालुलाई बलीका लागि ल्याइएका पशुपंक्षि प्रवेश गर्न नदिएपछि संख्या घटेको मेला समितिको भनाई छ ।

यस वर्ष भारतबाट नेपाल प्रवेश गर्ने पर्सा र बारा लगायतका सीमा नाकामा भारतीय एसएसबीले बलीका लागि ल्याइएका पशुपंक्षि नियन्त्रणमा लिएको थियो ।

पञ्चवर्षिय गढीमाई मेलामा बली दिँदा भाकल पुरा हुने जनविश्वासको आधारमा यहाँ नेपाल तथा भारतका विभिन्न ठाउँबाट बलीका लागि दर्शनार्थीहरु पुग्ने गर्दछन् ।