बाराको जीतपुरबाट हराएको ३ बर्षिय बालक अंश चौधरीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश साप्कोटाका अनुसार बालकको मृत्यु पानीमा डुबेर भएको जानकारी गराए।
उनले पोष्टमार्डम रिपोर्टले बालकको मृत्यु डुबेर भएको जानकारी दिए ।माघ १७ गते देखि रितेश चौधरीका छोरा अंश चौधरी हराईरहेका थिए । माघ २६ गते उनको शब जीतपुर स्थीत बारा र पर्साको सिमाना सियासोती खोलामा घोप्टो परेको अवस्थामा फेला परेको थियो । यता बालकको परिवारजनले बालक अंशको डुबेर मृत्यु भएको नभई हत्या भएको आरोप लगाएको छ ।
बच्चाले लगाएको हुडि पनि अहिलेसम्म नपाउँनुले प्रहरीको अनुसन्धानमाथि नै प्रश्न चिन्ह परिवारजनले खडा गरेका छन् । प्रहरी अनुसन्धानबाट पन्छिन् डुबेर बालककोे मृत्यु भएको बताईरहेको उनीहरुको तर्क छ । बालकको मामा रञ्जित जयसवालले आफनो भान्जा अंशको मृत्यु आफैँ डुबेर नभई डुबाएर भएको जिकिर गरे । प्रहरीले बालकको अनुसन्धान तालिम प्राप्त कुकुर सहित गरेको थियो ।