पूर्वराजा र उनका समर्थकहरुलाई ईश्वरीदेवी न्यौपानेको चुनौती

पूर्वराजा र उनका समर्थकहरुलाई नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपानेले चुनौती समेत दिएकि हुन।

नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले  पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्न आग्रह गरिन् । उनले टीका लगाएर वा कृपाले पुनः सत्ता र शक्तिमा फर्किने सपना नदेख्न पूर्वराजा र उनका समर्थकहरुलाई चुनौती दिईन् । ‘जुन आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो, नागरिक नै देशको सर्वोच्च पदमा पुग्नसक्ने बनायो, त्यही आन्दोलनले नै हो राजालाई आन्दोलनबाट नागरिक बनाएको  सत्तामा नै फर्किन चाहना छ भने टीका लगाएर या कसैको कृपाले होईन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरुलाई मेरो सुझाव छ– कहिले पूरा नहुने, झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्,’– उनले भनिन् ।

रिपोर्टस नेपाल