बैशाख ६ । बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सिम्रौनगढ नगर अस्पतालको भुक्तानी र कमिसन प्रकरणमा विभिन्न संचार माध्यममा आएको समाचार प्रती आक्रोश जनाउदै पत्रकार माथी दादा गिरि धम्कीपुर्ण अभिव्यक्ति दिइएको समाचार प्राप्त भएको छ । सिम्रौनगढ नगर अस्पतालको अवस्था दयनीय बन्दै गएको अवस्थामा नगरपालिकाले रु ३० लाख भुक्तानी गर्ने ,भाउचर समेत खडा भएको अवस्थामा अधिकृत जैसवालले आफुलाई बीस प्रतिशात कमिसन मांग गरि भुक्तानी रोका गरेको पाईएको छ । यस्तो यथार्थ समाचार विभिन्न संचार माध्यममा आईरहदा जिल्लामा रहेको बारा दैनिक अन्लाईनले अधिकृतको गुणगान गाएको ,मिलन दैनिक पत्रीकाले बिना कार्यदेश भुक्तानी मांग गरेको खण्डण गर्नु लजाको बिषय बनेको छ । समाचार आउनु र अर्को पत्रकारले चापलुसी गरेर न्युज नै खण्डण गर्नुले पत्रकारिता पेशा नै धरापमा गएको महासंघ बारा अध्यक्ष रमेश सुबेदिले बताए ।
समाचार लेखेको बिषयमा अधिकृत जैसवालले पत्रकारलाई धम्की दिएको घोर भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ बाराले प्रेस बिज्ञप्ती समेत जारी गरेको हो ।
बारा जिल्लाबाट प्रकाशित भइरहेको मिलन राष्ट्रिय दैनिक लगायतका पत्रपत्रिकामा ´कमिशनको लोभमा अधिकृत जैसवालद्वारा औषधि खरिदको भुक्तानीमा रोक र ´सिम्रौनगढका अधिकृतले आफ्नै निजि गाडीलाई महङ्गो भाडा दर कायम गरि प्रयोगमा ल्याए` शिर्षकमा समाचार प्रकाशन गरेकै भरमा धाक धम्की दिएका हुन ।
समाचार लेखेकै भरमा मिलन राष्ट्रिय दैनिकका सम्पादक नरेश गुप्तालाई अधिकृत जैसवालले देखाई दिने धम्की दिएका छ्न । देशको चौथो अङ्गको रुपमा दर्जा पाएका पत्रकारहरुले भ्रष्ट अधिकृतहरुको यस्ता रवैयाले निरुत्साहित हुन पुगेका छन् ।
घाम पानी भोक प्यास नभनी जनता माझ सुचना पुर्याउने हेतुले दिन रात निस्वार्थ भावना बोकि काम गरिरहेका पत्रकारले निमुखा जनताको आवाज बनिरहदा भ्रष्टहरुलाई डाहा हुन थालेको छ ।
नेपाल सरकारले लोक कल्याणकारी बिज्ञापन स्थानिय तहले आफ्ना जिल्ला र स्थानिय संचार माध्यम मार्फत प्रकाशन एवम् प्रसारण गर्न गराउन निर्देशन दिए पनि सो पालिकाका अधिकृत जैसवालले कमिशनको लोभमा मनलाग्दी आफू निकट रहेको पत्रकारलाई मात्रै दिने गरेको खुलासा भएको छ ।
यता अधिकृत जैसवालको अन्ध भक्त बाराका केहि पत्रकारहरुको रवैया देख्दा घिन लागेर आउँछ । पत्रकारको मर्म बुझेर पनि बुझ पचाएको देखिन्छ । भ्रष्ट हो भनेर थाहा पाउँदा पाउदै पनि त्यस्ताको गुणगान गाएको देख्दा लाज पनि लजाएको महशुस भएको छ ।