सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जैसवालले दिइएको धम्किपुर्ण भाषाको नेपाल पत्रकार महासंघ बाराको घोर भत्सर्ना

,बैशाख ६ । सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जैसवालले समाचारको बिषयमा दिइएको धम्कीपुर्ण भाषाको नेपाल पत्रकार महासंघ बाराको गम्भीर ध्यानाकर्षण भएको छ । प्रशासकीय अधिकृत जैसवालले नेपाल पत्रकार महासंघ बाराको कार्य समिती सद्स्य एवं मिलन राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक नरेश गुप्तालाई दिइएको धम्किपुर्ण अभिव्यक्तिको घोर भत्सर्ना गरिएको छ । महासंघ बारा शाखाको सचीव पुष्पराज खतिवडाले शुक्रवार एक प्रेस बिज्ञप्ति जारि गर्दै सरकारी निकाएको जिम्मेवार ब्यक्ति बाट आएको धम्कि र दुव्र्यवहारको महासंघ बाराले आपति जनाएको छ । समाचार प्रति चित नबुझे सम्बन्धित निकाए छदाछदै अधिकृत जैसवालको धम्कीपुर्ण अभिव्यक्ति आउनु प्रेस स्वतन्त्रता लाई कुण्ठित पार्ने काम भएको प्रति महासंघ बाराले आपत्ति जनाएको छ ।