जीतपुरमा जेष्ठ १ गते देखी जीतपुसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने

बारा, वैशाख २२ गते ।

बाराको जीतपुरमा जेष्ठ १ गते देखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजनामा जेष्ठ १ बाट सुरु हुने महोत्सव २५ दिन सम्म चल्ने छ ।

जीतपुरको पहिचान स्थापित गर्न र बजारलाई थप चलायमान गर्न जीतपुरमा ७ वर्षपछि महोत्सवको आयोजना गर्न लागिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले बताउनु भयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय महोत्सवको सह आयोजक समेत रहेको छ ।

महोत्वसमा विभिन्न क्षेत्रका व्यवसायीक स्टल, बाल उद्यान, खेल र प्रदशनी सहित महोत्सव अवधिभर दिनहु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहेको आयोजक दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङका संचालक बिमल खड्किले बताउनु भयो ।

कुल दश हजार दर्शक अटाउने क्षमता रहेको जीतपुरको शान्ति टोल खेल मैदानमा महोत्सवको आयोजना गर्न लागिएको छ । जेष्ठ १ देखी २५ गते सम्म चल्ने उक्त महोत्सवलाई कुल १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा बारा र पर्साको पर्यटकिय गन्तव्यको समेत प्रचार प्रचार गरिने मेलाका प्रेस सम्योजक एवं मेलाका प्रबक्ता एस.एस. पटेलले बताउनु भयो ।