जितपुर १९ गते जेष्ठ : पर्साको जगरनाथपुर गाउँपालिका–१ टाँडी क्षेत्रबाट २ पोका ३० केजी लागुऔषध गाँजासहित एक मोटरसाइकल बरामद गरिएको छ। प्रहरी गस्ती टोलीलाई देखेर मोटरसाइकल छाडेर फरार भएको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ
आज बिहान १ः४५ बजे भारततर्फ गइरहेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकललाई प्रहरीले संका लागेर जाँच गर्न खोज्दा चालक त्यसलाई सोही स्थानमा छाडेर भागेका थिए।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त गस्ती टोलीले मोटरसाइकल जाँच गर्दा करिब ३० किलो गाँजा फेला पारेको हो।
हाल मोटरसाइकल र गाँजा दुवैलाई नियन्त्रणमा लिइएको छ भने आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमार्फत अघि बढाइएको छ।