वडाध्यक्ष चौधरी द्वारा बकुलिया देखि बिसौलिया बाटो ढलानको शिलान्यास

२५जेठ ।सिमरा ; बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को बकुलिया देखि बिसौलिया जाने बाटो ढलानको शिलान्यास गरिएको छ।शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को वडाध्यक्ष दिपेन्द्र चौधरीले सो बाटो ढलानको शिलान्यास गर्नुभएको छ ।बाटो ढलान शिलान्यास कार्यक्रममा बोल्दै वडा न ५ का वडाध्यक्ष चौधरीले कच्ची बाटो र साघुरो बाटोको कारणले आवतजावतमा समस्या भईरहेको गुनासो आए पछि बाटो ढलान कार्यलाई अगाडि बढाएको बताए ।बर्षौ देखि साघुरो बाटो र अहिले उक्त बाटोलाई २४ फीट फराकिलो बनाएर पक्की ढलान भईरहेको अध्यक्ष चौधरीले बताए ।बाटो निर्माण भए सगै ठूलोगाडी आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।स्थानियहरुले बाटो फराकिलो र ढलान बनाउन लागेको देखेर वडाध्यक्ष चौधरीलाई धन्यवाद दिएको छ।उक्त बाटो ढलान शिलान्यास कार्यक्रममा स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थिय।