जितपुर, २८ जेष्ठ: रन्जन यादव :
वारा सिमरामा १६ वर्ष अघि काशिम मियाको खातामा पैसा हालिएको दावी गरेका छन ।अधिकारीका अनुसार विरगंजवाट स्टे अर्डर लिएर आएका छन् ।
प्रहरीले फेरी पनि आफुलाई खरिद गरिएको एक जग्गा पुनः विक्री गर्ने प्रयास भइरहँदा सो जग्गा सम्बन्धी विवाद सार्वजनिक भएको छ ।
सिमरा स्थित प्राणनाथ हार्डवेयरका सञ्चालक ईश्वर कुमार श्रेष्ठले वि.सं. २०६६ सालमा खरिद ९२ लाखमा सिमरा स्थित सूर्य नेपाल नजिकको ८ कट्ठा जग्गा करिव १० करोड रुपैयाँमा बिक्री गर्न लाग्दा, आफूलाई त्यतिवेला साझेदार बताउँदै गोपाल अधिकारी नामक व्यक्तिले ५० प्रतिशत नाफाको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन् । वारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार गोपाल अधिकारीले दिएको उजुरी दर्ता भइसकेको छ र सोही उजुरीको आधारमा ईश्वर श्रेष्ठलाई प्रहरी टोलीले पक्राउ गरी थुनुवा कक्षमा राखिएको थियो। पछि परिवारको जिम्मामा श्रेष्ठलाई छोडिएको बताइएको छ। गोपाल अधिकारीले उक्त जग्गा खरिद गर्दा श्रेष्ठसँग संयुक्त रुपमा पैसा लगानी गरिएको र त्यसवेला वारिष रहेका
श्रेष्ठले जालसाजी गरेर आफूलाई आर्थिक रूपमा ठग्ने प्रयास गरेका हुन् । तर ईश्वर श्रेष्ठले भने गोपाल अधिकारीसँग संयुक्त रूपमा कुनै पनि प्रकारको लगानी नगरेको दाबी गर्दै उक्त उजुरी र त्यसमा प्रयोग गरिएको कागजातहरू नक्कली भएको बताएका छन। श्रेष्ठका अनुसार केही व्यक्तिहरू मिलेर आर्थिक लाभ लिने नियतले यस्तो प्रपञ्च रचिएको हो। उनले आफूलाई नक्कली कागजको आधारमा पक्राउ गर्नु अन्याय भएको बताएका छन् ।
यसैबीच, तत्कालीन जग्गा मालिक रहेका काशिम मियाले १६ वर्षअघि भएको कारोवार सम्झन गाह्रो भएको प्रतिक्रिया दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ईश्वर श्रेष्ठ अझै पनि अनुसन्धानका लागि बारम्बार बोलाउँदा समेत नआएको र आवश्यक परेमा पुनः पक्राउ गरिने जानकारी दिएको छ । यता ईश्वर कुमार श्रेष्ठले उच्च अदालत जनकपुरको अस्थाई ईजलास
फोटो: साझेदारी
पक्राउ गर्न खोजिरहेको भन्दै जेठ २७गते स्टे अर्डर। अन्तरिम आदेश) लिएर आएका हुन् । स्टे अर्डर अन्तरिम आदेश विपक्षी जिल्ला प्रहरी कार्यालय बाराको नाममा फौजदारी कसुरमा अनुसन्धान कारबाहीको सिलसिलामा कानुन बमोजिम वाहेक देवानी प्रकृतीको विषयमा निवेदक ईश्वर कुमार श्रेष्ठको नागरिक हक, अधिकार हनन् हुने गरी प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्मको लागि निवेदकलाई कुनै कागजमा सहि छाप नगर्नु, नगराउन, गैह कानुनी रुपमा पक्राउँ नगर्नु, गर्न नलगाउँनु, नथुन्नु, थुन्न नलगाउँनु भनी उच्च अदालतको नियामवली २०७३ को नियम ४२(१) बमोजिम विपक्षीको नाममा न्यायधिश दुर्गा बहादुर विश्वकर्माको ईजलासले अन्तरिम आदेश जारी गरेको छ। यो प्रकरणले पुराना जग्गा कारोवारका मुद्दा अझै कति जटिल बन्न सक्छन् भन्ने कुरा उजागर गरेको छ। अब प्रहरी अनुसन्धानले यो जग्गा विवादको सत्यता के हो भन्ने कुरालाई पुष्टि गर्नेछ ।