शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण तथा बधाई

भदौ २७ जितपुर:  प्रjधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।

शुक्रवार राति पौने १० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणपछि राष्ट्रपति पौडेलले कार्कीलाई बधाई पनि दिएका छन्।

‘तपाईँलाई धेरै धेरै बधाई । तपाईँ सफल हुनुस् । देश सफल होस् । जनता बचुन्,’ राष्ट्रपति पौडेलले कार्कीलाई भने ।

राष्ट्रपति पौडेलले कार्कीलाई शुक्रवारै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी प्रधानमन्त्री नियुक्त गरेका हुन् ।