बारा–४ मा निर्वाचनको सरगर्मी, कांग्रेसका श्यामबाबु गुप्ता बलियो दावेदार

सिमरा, माघ १९ बारा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा उपनिर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि मतदाताको चासो उल्लेख्य रूपमा बढेको छ। स्थानीय तहमा गरिएको अनौपचारिक जनमत मूल्याङ्कन र मतदाताको अभिमतअनुसार नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवा नेता श्यामबाबु गुप्ता पछिल्लो समय बलियो स्थितिमा … Read more

सबैया साझेदारी वनको २२औँ साधारणसभा, स्वदेशी काठ प्रयोग बढाउने सरकारको लक्ष्य

पर्साको पहिचानका रूपमा परिचित सबैया साझेदारी वन उपभोक्ता समूहको २२औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभामा प्रमुख अतिथिका रूपमा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शङ्कर चौधरी सहभागी थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन संरक्षणलाई केवल वातावरणीय जिम्मेवारीका रूपमा नभई स्थानीय समृद्धिको आधारका रूपमा लिनुपर्नेमा जोड दिए। उनले वन व्यवस्थापन वैज्ञानिक ढंगले … Read more

दंगालको दाबी: बारा क्षेत्र न.१ मा अब राजनीति होइन, समस्या समाधानको समय

बारा निर्वाचन क्षेत्र–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार संतोष दंगालले आफ्नो चुनाव चिन्ह तारा छापमा मतदान गर्न अपिल गर्दै निजगढ नगरको राजनीतिक वातावरणलाई थप सक्रिय बनाएका छन्। निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नगरस्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै दंगालले नगरका शिक्षक, बौद्धिक वर्ग, कृषक तथा श्रमिक समुदायले लामो समयदेखि भोग्दै आएका समस्याको स्थायी समाधानका लागि … Read more

बारा–४ अब पुरानै तरिकाले जितिँदैन: बदलिँदो मतदाता, बदलिँदो राजनीति

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले बारा निर्वाचन क्षेत्र नम्बर ४ लाई साधारण चुनावी अखाडाभन्दा धेरै माथि पुर्‍याएको छ। यहाँको प्रतिस्पर्धा अब दलबीच सीमित नरही पुरानो राजनीतिक सोच र नयाँ चेतनाबीचको संघर्षका रूपमा विकसित हुँदै गएको छ। नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई यस क्षेत्रको परम्परागत सत्ता संरचनासँग जोडेर हेरिने गरिएको छ। बारम्बार दल परिवर्तनको … Read more

कानुन व्यवसायी एकरामुल हकमाथि गम्भीर आरोप, जबरजस्ती करणी मुद्दा दर्ता

बारा जिल्लाका एक कानुन व्यवसायीविरुद्ध जबरजस्ती करणीको गम्भीर आरोपमा मुद्दा दर्ता गरिएको छ। ईलाका प्रहरी कार्यालय सिमरामा माघ ८ गते दर्ता भएको उक्त मुद्दाले जिल्लामा व्यापक चासो र चर्चा पैदा गरेको छ। प्रहरीका अनुसार पीडित महिलालाई जिल्ला अदालतमा विचाराधीन एक मुद्दामा कानुनी सहयोग गरिदिने आश्वासन दिँदै सिमरास्थित एक होटलमा बोलाइएको थियो। सोही क्रममा महिलामाथि जबरजस्ती … Read more

पहिचानको राजनीति कि सत्ता मोह? प्रदिप यादवको पछिल्लो कदममाथि बहस

फागुन ७ गते पर्सा  निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका प्रदिप यादवको पछिल्लो राजनीतिक कदमले मधेसी राजनीतिमा पुनः गहिरो बहस जन्माएको छ। मधेस आन्दोलनको पृष्ठभूमिबाट उदाएर पहिचान, अधिकार र समावेशीताका मुद्दामा आवाज उठाउँदै आएका यादवको राजनीतिक यात्रामाथि अहिले प्रश्नचिन्ह लाग्न थालेको छ। एक समय मधेसी जनताको प्रतिनिधि नेताका रूपमा चिनिएका यादव आन्दोलनका विभिन्न चरणमा … Read more

बारा प्रतिनिधिसभा निर्वाचन: चार क्षेत्रबाट ११२ उम्मेदवार मैदानमा

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट गरी १ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बारा क्षेत्र नं. १ बाट २० जना, क्षेत्र नं. २ बाट २९ जना, क्षेत्र नं. ३ बाट २४ जना र क्षेत्र नं. ४ बाट ३९ जनाले उम्मेदवारी दिएका हुन्। बारा–१ मा नेकपा … Read more

कांग्रेसको उम्मेदवारका रूपमा श्यामबाबु गुप्ता बारा–४ बाट मैदानमा

नेपाली कांग्रेसका युवा नेता श्यामबाबु गुप्ता बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले औपचारिक निर्णय गर्दै गुप्तालाई उक्त क्षेत्रको उम्मेदवारका रूपमा अघि सारेको हो। पार्टीको टिकट प्राप्त गरेपछि गुप्ता सोमबार राति नै सिमरा आइपुगेका छन्। उनले मंगलबार दिउँसो १ बजे निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। … Read more

पत्रकार मनोज साह माथि योजना बद आक्रमण

जितपुर बारा बाराका पत्रकार मनोज साह माथि सामुहिक हमला भएको छ । जितपुरका स्थानिय कपुरराज पुरीले पत्रकार साह माथि ३/४ जनाको समुहमा आएर हमला गरेका हुन् । समाजिक संजालमा हालेको समाचारको कारण पत्रकार साह माथि हमला भएको हो । `निर्वाचनको समयमा दल परिवर्तन गर्दै हिड्ने´ भन्ने समाचार लेखेकै कारण बाराका पत्रकार साह माथि उनले सामुहिक … Read more

पर्सामा सशस्त्र प्रहरीद्वारा सञ्चालित सातदिने केश कर्तक तालिम सम्पन्न

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमा क्षेत्रका बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरेको सात दिने केश कर्तक तालिम सम्पन्न भएको छ। उक्त तालिम सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत पकाहाँमैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सीमा सुरक्षा गुल्म मुख्यालयमा आयोजना गरिएको थियो। मिति २०८२ साल पौष २७ गते आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण … Read more