खतरनाक हतियार सहित ५ जन्ना भारतीय प्रहरीद्वारा पक्राउ

जितपुर १९ गते जेष्ठ : वीरगन्जकाे सीमासँग जोडिएको भारतको बिहार राज्यअन्तर्गत पर्ने रक्सौल क्षेत्रको हरपुर थानामा ठूलो आपराधिक घटना घटाउने योजनासहित जाँदै गरेका पाँच जना अपराधीलाई हतियारसहित पक्राउ गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हरपुर थाना प्रहरीको सक्रिय पहलमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित र खतरनाक हतियारहरू समेत बरामद गरिएको प्रहरीलाई … Read more

पर्सा जिल्लाको एक क्रसर उधोगमा एक युवकको शव फेला परेको छ ।

तेलको कुपन नदिएपछि नगर प्रशासकीय अधिकृतमाथि डीएसपी सुभद्रा वैवाको ताण्डव

बारा जितपुर १८गते जेष्ठ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा पुगेर ईलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइवाले आइतबार ताण्डब नाच देखाएकी छन् । आफ्नो पदीय मर्यादाक्रम समेत विर्सेर डिएसपी वाइवाले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिब शान्तिराज प्रसाईको कार्यकक्षमा ताण्डब नृत्य देखाउनुको मुल कारण डिजेलको कुपन रहेको स्वयं डिएसपी वाईवाको भनाई छ । डिएसपी वाईवाले बताए … Read more

डेंगु नियन्त्रण सम्बन्धी सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

 १८ गते जेष्ठ: उयमहानगरको स्वास्था प्रवर्द्धन शाखाको आयोजनामा डेंगु लगायत स्टिजन्य रोगहरुको नियन्त्रण सम्बन्धी सरोकारालाहरुको अभिमश्रीकरण कार्यक्रम सिमरामा सम्पन्न भएको छ। सम्पन्न उक्त कार्यक्रममा उपमहानगरपालिका भित्रका मेडिकल व्यवसायी, पत्रकार, प्रहरी लगायतको सकिय सहभागिता रहेको थियो । कार्यक्रम सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सम्मान गरिएको थियो। पिक्टस नामक योमी नामले सार्ने गर्दछ । आउने … Read more

 जितपुर १६ जेष्ठ :उच्च अदालत बार एसोसिएसन, वीरगञ्जले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निर्भीकतामाथि प्रश्न उठाउने गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका नकारात्मक टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ । एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले स्वतन्त्र न्यायपालिकाको मर्यादा र जनआस्थामा आँच पुर्‍याउने तथा फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने खतरा रहेको औँल्याएको छ । विज्ञप्तिमा … Read more

उदयपुर प्रहरीको ठूलो सफलता १ हजार १४३ केजी गाँजा सहित २ महिला पक्राउ

उदयपुरमा प्रहरीले १ हजार १४३ केजी गाँजा सहित २ महिलालाई पक्राउ गरेको छ। चौदण्डीगढी नगरपालिका –१, रानीटारका ४१ वर्षीया रत्नमाया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो। प्रहरीका अनुसार रानीटार स्थित रत्नमायाको घरमा३५ ओटा बोरामा प्याक गरेर राखिएको १ हजार १४३ दशमलव २७५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले … Read more

प्रतिबन्धित लागूऔषध २१,६०० ट्याबलेट सहित दुई भारतीय नागरिक

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बाराको अमलेखगञ्जमा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धन प्रसाद श्रेष्ठको कमान्डमा खटिएको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी चेकप्वाइन्टमा वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बी आर ०१ बी यु … Read more

सुरक्षित सडक हाम्रो अभियान’ नारासहित ट्राफिक जनचेतना सप्ताह सम्पन्न, सबै सरोकारवालाको सक्रिय सहभागिता

१४ गते जेष्ठ :ट्राफिक नियम हाम्रो कर्तव्य, सुरक्षित सडक हाम्रो अभियान’ भन्ने मूल नारासहित मनाइएको ट्राफिक जनचेतना सप्ताह २०८२ को समापन कार्यक्रम परवानीपुर गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ। सप्ताहको प्रारम्भ भने जेठ ७ गते जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयबाट भएको थियो। ट्राफिक सप्ताह जीतपुरसिमरा उपमहानगरपालिकाको पहलमा परवानीपुर गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको हो। समापन कार्यक्रम परवानीपुर गाउँपालिका अध्यक्ष … Read more

बकुलिया खेलमैदानको पर्खाल निर्माण सुरु, प्रदेश सभा सदस्य देवनारायण चौधरीद्वारा शिलान्यास

१३ जेठ,जितपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित बकुलिया खेलकुद मैदानको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ। सोमबार मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमका बीच पर्खाल निर्माणको शिलान्यास गर्नुभयो। मधेस प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको ७५ लाख रुपैयाँ बजेटबाट पर्खाल निर्माण कार्य सुरु गर्न लागिएको वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले … Read more

जीतपुरमा जेष्ठ १ गते देखी जीतपुसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने

बारा, वैशाख २२ गते । बाराको जीतपुरमा जेष्ठ १ गते देखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजनामा जेष्ठ १ बाट सुरु हुने महोत्सव २५ दिन सम्म चल्ने छ । जीतपुरको पहिचान स्थापित गर्न र बजारलाई थप चलायमान गर्न जीतपुरमा ७ वर्षपछि महोत्सवको आयोजना गर्न … Read more