रौतहटमा सीमा समन्वय बैठक, निर्वाचनका बेला सीमा ३ दिन बन्द गर्ने सहमति

रौतहट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामा कडाइ गरिने भएको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्र ७२ घण्टासम्म बन्द गर्ने निर्णय गरिएको हो। सोमबार साँझ रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न नेपाल–भारत सीमा समन्वय समितिको बैठकले यो निर्णय लिएको हो। बैठकमा जनकपुरधाम क्षेत्र अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहटका … Read more

सशस्त्र प्रहरीद्वारा बेलवाबाट अवैध काठ बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलवाले अवैध रूपमा कटान गरिएको काठ बरामद गरेको छ। मिति २०८२ साल ०९ महिनाको २१ गते राति करिब ९:०० बजे पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४, झावराहस्थित सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी निरीक्षक लोकबहादुर कार्कीको कमाण्डमा खटिएको ५ जनाको टोली र सब–डिभिजन वन कार्यालय सबैयाबाट रेन्जर भूपाल रोकायको नेतृत्वमा … Read more

महासंघ बारा नेतृत्वका लागि श्रवण कुमार गुप्ता सक्षम र भरोसायोग्य उम्मेदवार

जितपुर, बारा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बारा को आगामी अध्यक्ष पदका लागि विद्यार्थी पुस्तक भण्डार जितपुरका सञ्चालक श्रवण कुमार गुप्ता उपयुक्त उम्मेदवारका रूपमा देखिएका छन्। लामो समयदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सक्रिय रहँदै आएका गुप्ताले व्यवसायिक हकहित संरक्षण, संगठन सुदृढीकरण तथा व्यवसायीहरूबीच एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। … Read more

थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको २०औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

सिमरा, बारा । थानीमाई सामुदायिक वन उपभोक्ता समूह सिमराको २०औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। समूहको आफ्नै सभाहलमा आयोजित कार्यक्रम अध्यक्ष गोविन्द बहादुर अधिकारीको अध्यक्षतामा तथा डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिभिजनल वन अधिकृत झाले बारा जिल्लाका अन्य … Read more

मधेसमा दिनभरि हुस्सु, शीतलहरको प्रभाव बढ्दो मधेसका जिल्लामा शीतलहर, तराईमा दिनभरि हुस्सुले

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई क्षेत्र आज दिनभरि हुस्सुले ढाकिएको छ। हुस्सुको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ भने यो अवस्था करिब अर्को हप्तासम्म निरन्तर रहने देखिएको मौसमविद्हरूले जनाएका छन्। यसैबीच मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा लगायतका कैयौँ जिल्लामा शीतलहर चलेको अनुमान गरिएको छ। चिसो हावासँगै तापक्रम घट्दा बालबालिका, वृद्धवृद्धा तथा विपन्न … Read more

वीरगञ्जमा खैरो हिरोइन सहित चार जना पक्राउ

जितपुर ४ पौस पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा विशेष सूचनाको आधारमा गरेको कारबाहीमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। दिउँसो करिब ३:०० बजे वीरगञ्ज महानगरपालिका वडा न.१५ स्थित प्रतिमा चोक नजिक सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी … Read more

मधेसका शिक्षा र स्वास्थ्य परियोजनामा भारत सरकारको बहुआर्बको अनुदान

जितपुर ४ पौष :मधेस प्रदेशका शिक्षा, स्वास्थ्य तथा विभिन्न पूर्वाधार क्षेत्रमा भारत सरकारको विकास सहयोग निरन्तर विस्तार हुँदै गएको छ। भारतीय महावाणिज्य दूतावास, वीरगन्जबाट प्राप्त विवरणअनुसार हालसम्म मधेस प्रदेशमा ८६ वटा विकास परियोजना स्वीकृत भइसकेका छन्। प्रत्येक परियोजनामा प्रत्येक योजनामा ३ करोडदेखि ३ करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ भने समग्रमा २ अर्ब ५८ … Read more

बीरगञ्ज भन्सार नजिक सशस्त्र प्रहरीको ज्यादती? व्यवसायी आक्रोशित

बीरगञ्ज भन्सार कार्यालय वरपर सशस्त्र प्रहरीले अधिकारको दायरा नाघेर वैध व्यवसायमा हस्तक्षेप गरेको आरोप सार्वजनिक भएको छ। विल–विजक र भन्सार महसुल सबै तिरेर आयात गरिएका कपडाहरूलाई जबर्जस्ती नियन्त्रणमा लिइएको भन्दै स्थानीय व्यवसायीहरू आक्रोशित बनेका छन्। प्राप्त विवरणअनुसार बीरगञ्जको रेलवे रोड क्षेत्रमा रहेका एक ट्रान्सपोर्ट र एक व्यापारिक पसलमा छापा मारेर सशस्त्र प्रहरीको टोलीले कपडा नियन्त्रणमा … Read more

श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलियामा अध्ययनरत विद्यार्थीहरूका लागि पोशाक वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलियामा अध्ययनरत विद्यार्थीहरूका लागि पोशाक वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आइतबार सम्पन्न कार्यक्रममा प्राथमिक तहकी शिक्षिका रिता चौधरीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कक्षा बालबालिकादेखि कक्षा ५ सम्म अध्ययनरत ५०६ जना विद्यार्थीहरूलाई … Read more

भारत–नेपाल रेलमार्ग: रक्सौल–काठमाडौँ कनेक्टिभिटीको सर्वेक्षण अन्तिम चरणमा

भारत र नेपालबीच पहिलो पटक सीधा रेल सेवा सुरु गर्ने तयारी तीव्र गतिमा अघि बढिरहेको छ। भारतको रक्सौल र नेपालको काठमाडौँलाई जोड्ने रेलमार्गको विस्तृत सर्वेक्षण कार्य अहिले अन्तिम चरणमा पुगेको छ र सम्बन्धित निकायका अनुसार यो महिना भित्रै सर्वेक्षण पूरा हुने छ। सर्वेक्षण सकिएपछि आगामी जनवरीमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरिनेछ। १३६ किलोमिटर लामो यो रेलमार्गमा करिब १३ … Read more