विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्ट जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण

बारा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-२ मा रहेको सिमरा कलेजले विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्ट जीतपुरसिमरा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।सोमबार सिमरा स्थित केएस आर सिनेमा हलमा एक कार्यक्रमको बिच सिमरा कलेजका प्रमुख शालिकराम अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेललाई विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्ट हस्तान्तरण गर्नुभएको छ। विद्यार्थी सिकाई मूल्याकंन सर्वेको रिपोर्टमा जीतपुरसिमरा उपमहानगरका भित्रका … Read more

जसपा नेपाल सरकारबाट बाहिरने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो । जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गर्न अहिले बैठक बसिरहेका छन् । यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल समेत … Read more

वडाध्यक्ष पटेल द्वारा श्रीराम जानकी मन्दिर धर्मशालाको उद्घाटन

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -१० बलुवामा नवनिर्मित श्रीराम जानकी मन्दिर धर्मशालाको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को वडाध्यक्ष संजय पटेलले नवनिर्मित श्रीराम जानकी धर्मशालाको उद्घाटन गर्नु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को बिनियोजित बजेटको १० लाख बाट श्रीराम जानकी मन्दिर धर्मशाला निर्माण भएको … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले आएकि हुन  ।शुक्रबार कार्यालय हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई एक कार्यक्रमकाबिच उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले कार्यालयमा खाँदा,माला र टिका लगाएर स्वागत गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को … Read more

आत्महत्या न्यूनीकरण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लागुऔषध बाल हिंसा तनाव व्यवस्थापन सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरण सम्बन्धि १ दिनेअभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित बकुलिया क्याम्पसमा बिद्यार्थीहरुलाई लागुऔषध , बालहिंसा , तनाव व्यवस्थापन ,सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी … Read more

नेपाल राष्ट्रिय नमुना मा.बि बकुलियामा पाठयपुस्तक बितरन

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ मा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियामा पाठयपुस्तक बितरन गरिएको छ ।बुधवार एक कार्यक्रमको कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई पाठयपुस्तक बितरन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ५ का वडाध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र चौधरीले १२ सय विद्यार्थीहरुलाई किताब बितरण गरेको विद्यालयका प्रधानध्यापक … Read more

आयोजकले उचाल्यो पाँचौ बकुलिया भवानीपुर गोल्डकपको उपाधी

बारा, चैत्र २३ गते । आयोजकले पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० को उपाधी उचालेको छ । बाराको बकुलियामा आयोजित पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा आयोजक जन कल्याणकारी क्लब बकुलिया भवानीपुरले एभेरेष्ट फुटबल सर्लाहीलाई स्तब्ध पार्दै उपाधी उचालेको हो । फाईनल खेलमा आयोजकले ४–२ को जीत निकालेको थियो । आयोजकको जीतमा जर्सि नम्बर १२ … Read more

बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश

चैत  १९ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा हर्दि युवा समाज राप्ती चितवन विजयी भएको छ । सशस्त्र प्रशरी पिलुवा बारालाई स्तब्ध पार्दै हर्दि युवा समाज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । सशस्त्रलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा हर्दि युवा समाज चितवनले २–१ को जीत निकालेको … Read more

बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्ज स्तब्ध, सर्लाही सेमिफाइनलमा प्रवेश

बारा, चैत्र १७ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा एभरेष्ट फुटबल एकेडेमी सर्लाही विजयी भएको छ । विरगञ्ज युनाइटेड पर्सालाई स्तब्ध पार्दै सर्लाही प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । विरगञ्जलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा सर्लाहीले ३–१ को जीत निकालेको थियो । सर्लाहीको जीतमा जर्सि नम्बर … Read more

५औं बकुलिया भवानीपुर गोल्ड कपः उद्घाटन खेलमा पर्सागढिको बिजयी सुरुवात

बारा, चैत्र १६ गते । पर्सागढि युवा स्पोर्ट क्लब बडनिहारले ५औं बकुलिया भवानीपुर गोल्ड कप २०८० मा बिजयी सुरुवात गरेको छ । हेंटौडा फुटबल एकेडेमीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै पर्सागढिले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । हेंटौडालाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा पर्सागढिले १–०को जीत निकालेको थियो । पर्सागढिको जीतमा जर्सि नम्बर … Read more