महानगरका तीन विद्यालयमा १७ वर्षदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एकै व्यक्ति

नरेश यादव, जितपुर, ६ मङ्सिर/ बिरगंज महानगरपालिका-३१ मा रहेका केही सामुदायिक विद्यालयहरूको विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावलीविपरीत सञ्चालित भएपनि महानगरको शिक्षा महाशाखा मौन देखिएको छ। वीरगंज महानगरपालिका-३१ मा नौवटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

सञ्चालित सामुदायिक विद्यालयहरूमध्ये तीनवटामा स्थापनाकालदेखि नै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा एकैजना जमेर बसेका छन् । शिक्षा नियमावली अनुसार विद्यालय वर्ष अवधिको लागि समिति चयन गर्नुपर्छ। तर वडा नं ३१ मा रहेका उन्नति, चन्दादाता, शिक्षाविद् र संस्थापकबाट अध्यक्ष एकजना, सदस्यहरूमा दर्श बालविकास आधारभूत विद्यालय ।

रामजानकी र आदर्श बालविकासमा अभिभावकबाट चारजना, प्रअ सदस्य-सचिव र शिक्षक प्रतिनिधि एकजना विद्यालय व्यवस्थापन समितिमा निर्वाचित हुने र यसरी निर्वाचित हुनेहरूले थप दुईजना सदस्यलाई मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ । तर यी तीन विद्यालयमा १७ वर्षदेखि निर्वाचन नै भएको छैन।

पहिलेदेखि जो जो विद्यालय व्यवस्थापन समितिमा छन्, तिनै नै विराजमान छन् र परिवर्तित नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति गठन नै भएको छैन। यो बेथितिलाई ठीक पार्ने जिम्मेवारी प्राप्त महानगरको शिक्षा महाशाखा मौन छ । महाशाखा प्रमुख आनन्द लामिछानेले यसबारेमा व्यवस्थापन समिति प्रत्येक तीन शैक्षिकसत्र अर्थात् तीन वर्ष अवधिको हुन्छ ।
तर यो वडामा रहेका उन्नति – आधारभूत विद्यालय, इस्लामपुर, रामजानकी आधारभूत विद्यालय, बेलवा र आदर्श बालविकास आधारभूत विद्यालय, बेलवामा स्थापनाकालदेखि एकैजना व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् । २०६५ सालमा स्थापित यी तीनवटा विद्यालयका विद्यालय व्यवस्थापन समितिमा विगत १७ वर्षदेखि शेख समी अख्तर, अनिरुद्ध दहैत र सुलेमान अन्सारी विराजमान छन् ।

शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिमा एकपटक निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरूको अवधि तीन शैक्षिकसत्र अर्थात् तीन वर्षको हुन्छ। त्यसपछि अर्को विव्यसका लागि पुनः निर्वाचन गरी तीन स्थापनाकालदेखि अहिलेसम्म क्रमशः अख्तर, दहैत र अन्सारी विव्यसमा कब्जा जमाएर बसेका छन् ।

संशोधित शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षका लागि चन्दादाता, शिक्षाविद् र संस्थापक योग्य मानिएका छन्। तर अख्तर, दहैत र अन्सारी तीनैजना यो मापदण्डमा पर्दैनन् । अहिलेको व्यवस्था अनुसार जवाफ दिन चाहेनन् ।

वडाध्यक्ष जीतेन्द्र यादव आफूले यसबारेमा महानगरको शिक्षा महाशाखाको बारम्बार ध्यानाकर्षण गराउँदै आएको तर सुधार नगरिएको बताउँछन् ।