नेपाली कांग्रेसका युवा नेता श्यामबाबु गुप्ता बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले औपचारिक निर्णय गर्दै गुप्तालाई उक्त क्षेत्रको उम्मेदवारका रूपमा अघि सारेको हो।
पार्टीको टिकट प्राप्त गरेपछि गुप्ता सोमबार राति नै सिमरा आइपुगेका छन्। उनले मंगलबार दिउँसो १ बजे निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सभापतिको जिम्मेवारी सम्हालिसकेका गुप्ता युवामाझ परिचित र लोकप्रिय नेताका रूपमा चिनिन्छन्। यसअघि स्थानीय तह निर्वाचनमा जीतपुरसिमराको प्रमुख बन्ने आकांक्षा व्यक्त गरेका उनलाई यसपटक कांग्रेसले प्रतिनिधिसभा उम्मेदवारको रूपमा अघि बढाएको हो।

