प्रकृति लम्सालको शव नेपाल ल्याइयो

भारतको ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ ।

भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव बुधवार साँझ लु १ च ९८३६ नम्बरको एम्बुलेन्समार्फत लम्सालको शवलाई नेपाल ल्याइएको हो ।

गत आइतबार लम्साल आफ्नो होस्टेल कोठामा शङ्कास्पद अवस्थामा मृत भेटिएकी थिइन् । मृतकका बाबु सुनिल लम्साल मङ्गलवार नै ओडिशा पुगेका थिए ।

शव नेपाल ल्याएसँगै लम्सालको मृत्युको कारण पत्ता लगाउन छानबिन पनि जारी छ । घटनाले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई आक्रोशित बनाएको छ । उनीहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए ।

यसैबिच, लम्सालको मृत्युको विषयले नेपालको संसद् र भारतको ओडिशा विधान सभामा समेत प्रवेश पाएको छ । जसका कारण ओडिशा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । भारतीय मिडियाका अनुसार, प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रकृति लम्सालको मृत्युले दुई देशका विद्यार्थीहरूलाई एकसाथ ल्याएको छ, र यस घटनाको सत्य तथ्य पत्ता लगाउन दुवै पक्षले जोडदार माग गरेका छन् ।