बारा–४ मा निर्वाचनको सरगर्मी, कांग्रेसका श्यामबाबु गुप्ता बलियो दावेदार

सिमरा, माघ १९ बारा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा उपनिर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएपछि मतदाताको चासो उल्लेख्य रूपमा बढेको छ। स्थानीय तहमा गरिएको अनौपचारिक जनमत मूल्याङ्कन र मतदाताको अभिमतअनुसार नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवा नेता श्यामबाबु गुप्ता पछिल्लो समय बलियो स्थितिमा … Read more

दंगालको दाबी: बारा क्षेत्र न.१ मा अब राजनीति होइन, समस्या समाधानको समय

बारा निर्वाचन क्षेत्र–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार संतोष दंगालले आफ्नो चुनाव चिन्ह तारा छापमा मतदान गर्न अपिल गर्दै निजगढ नगरको राजनीतिक वातावरणलाई थप सक्रिय बनाएका छन्। निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नगरस्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै दंगालले नगरका शिक्षक, बौद्धिक वर्ग, कृषक तथा श्रमिक समुदायले लामो समयदेखि भोग्दै आएका समस्याको स्थायी समाधानका लागि … Read more

बारा–४ अब पुरानै तरिकाले जितिँदैन: बदलिँदो मतदाता, बदलिँदो राजनीति

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले बारा निर्वाचन क्षेत्र नम्बर ४ लाई साधारण चुनावी अखाडाभन्दा धेरै माथि पुर्‍याएको छ। यहाँको प्रतिस्पर्धा अब दलबीच सीमित नरही पुरानो राजनीतिक सोच र नयाँ चेतनाबीचको संघर्षका रूपमा विकसित हुँदै गएको छ। नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई यस क्षेत्रको परम्परागत सत्ता संरचनासँग जोडेर हेरिने गरिएको छ। बारम्बार दल परिवर्तनको … Read more

पहिचानको राजनीति कि सत्ता मोह? प्रदिप यादवको पछिल्लो कदममाथि बहस

फागुन ७ गते पर्सा  निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका प्रदिप यादवको पछिल्लो राजनीतिक कदमले मधेसी राजनीतिमा पुनः गहिरो बहस जन्माएको छ। मधेस आन्दोलनको पृष्ठभूमिबाट उदाएर पहिचान, अधिकार र समावेशीताका मुद्दामा आवाज उठाउँदै आएका यादवको राजनीतिक यात्रामाथि अहिले प्रश्नचिन्ह लाग्न थालेको छ। एक समय मधेसी जनताको प्रतिनिधि नेताका रूपमा चिनिएका यादव आन्दोलनका विभिन्न चरणमा … Read more

बारा प्रतिनिधिसभा निर्वाचन: चार क्षेत्रबाट ११२ उम्मेदवार मैदानमा

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट गरी १ सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बारा क्षेत्र नं. १ बाट २० जना, क्षेत्र नं. २ बाट २९ जना, क्षेत्र नं. ३ बाट २४ जना र क्षेत्र नं. ४ बाट ३९ जनाले उम्मेदवारी दिएका हुन्। बारा–१ मा नेकपा … Read more

कांग्रेसको उम्मेदवारका रूपमा श्यामबाबु गुप्ता बारा–४ बाट मैदानमा

नेपाली कांग्रेसका युवा नेता श्यामबाबु गुप्ता बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन्। कांग्रेसले औपचारिक निर्णय गर्दै गुप्तालाई उक्त क्षेत्रको उम्मेदवारका रूपमा अघि सारेको हो। पार्टीको टिकट प्राप्त गरेपछि गुप्ता सोमबार राति नै सिमरा आइपुगेका छन्। उनले मंगलबार दिउँसो १ बजे निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। … Read more

रौतहटमा सीमा समन्वय बैठक, निर्वाचनका बेला सीमा ३ दिन बन्द गर्ने सहमति

रौतहट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामा कडाइ गरिने भएको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्र ७२ घण्टासम्म बन्द गर्ने निर्णय गरिएको हो। सोमबार साँझ रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न नेपाल–भारत सीमा समन्वय समितिको बैठकले यो निर्णय लिएको हो। बैठकमा जनकपुरधाम क्षेत्र अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहटका … Read more

महानगरको वडा नम्बर ३० लालपर्सामा स्वास्थ्य चौकी ल्याबबाट रगत,दिशा र पिसाबसंगै सम्बन्धित ३७ प्रकारका रोगको परीक्षण सुरु

जितपुर २४असोजः वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला(ल्याब)सञ्चालनमा आएको छ ।शुक्रबार वडाध्यक्ष मनोजकुमार यादवले स्वास्थ्य प्रयोगशालाको औपचारिक रुपमा उद्घाटन गरेसंगैं ल्याबको सेवा सञ्चालनमा आएको ल्याबका इन्चार्ज आदित्य चौरसियाले जनाए। ल्याब सञ्चालनमा आएसंगै वडा नम्बर ३० का स्थानीयलाई रगत,दिशा र पिसाबको परीक्षणका लागि वीरगन्ज शहरका अस्पताल र क्लिनिकहरुमा धाउनुपर्ने बाध्यता हटेको वडाध्यक्ष … Read more

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण तथा बधाई

भदौ २७ जितपुर:  प्रjधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । शुक्रवार राति पौने १० बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहणपछि राष्ट्रपति पौडेलले कार्कीलाई बधाई पनि दिएका छन्। ‘तपाईँलाई धेरै धेरै बधाई । तपाईँ सफल हुनुस् । देश सफल होस् । जनता बचुन्,’ राष्ट्रपति पौडेलले कार्कीलाई … Read more

अनिल पान्डेयलाइ जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेद्वारा १२ थान टि सर्ट बितरण

बारा, ७ अषाढ : प्रेस जनमत संघ बारा शाखालाइ जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका अध्यक्षको उम्मेदवार उमेश दुबेले टि-सर्ट बितरण गरेका छन । प्रेस जनमत संघ बाराका अध्यक्ष तथा केन्द्रिय सदस्य अनिल पान्डेयलाइ जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेले १२ थान टि सर्ट बितरण गरेका हुन । फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोल … Read more