मधेस प्रदेश सरकारको नव न्युक्त शिक्षा तथा संस्कृति मन्त्री जयसवाललाई जीतपुरमा स्वागत

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री प्रमोद कुमार जयसवाललाई भव्य स्वागत गरिएको छ । मन्त्री जयसवाललाई बाराको जीतपुरमा भव्य स्वागत गरिएको हो । मधेस प्रदेश सरकारको नव न्युक्त शिक्षा तथा संस्कृति मन्त्री जयसवाललाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेपाल सितोरियो कराते संघ शाखा डोजो जीतपुरले बधाई सहित सम्मान कार्यक्रमको आयोजना गरि निमन्त्रणा गरेको … Read more

नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाए

सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्। नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन्। गठबन्धनमा जसपा पनि छ। तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन। नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री … Read more

मन्त्रीको चर्चामा रहेका अच्युत प्रसाद मैनाली को हुन् ?

बारा, २२ फागुन । सरकार समीकरण परिर्वतन भएसँगै नयाँ गठबन्धनको सरकार निर्माण भएर मन्त्रिपरिसतको बिस्तारको तयारीमा सरकार देखिन्छ । कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेसंगै मन्त्री हुने दौडमा नेताहरु यतिबेला निकै कसरत गरेको देखिन्छ ।   एमालेमा समेत मन्त्री बन्ने दौडमा नेता तथा संसदहरु लागि … Read more

प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बेलुकी कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको हो। बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजीलाई बोकेर बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका थिए। मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ। उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ … Read more

मन्त्रालयको सिट र कार्यबिभाजन टुंग्याउन ४ सदस्सीय कार्यदल गठन

काठमाडौं, २१ पुस । मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको छ ।   नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो । जसमा नेकपा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र … Read more

माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरू जिम्मेवारी हेरफेर हुने

१३ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ ।   प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो । सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा … Read more

राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँ

१३ फागुन । राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँछ । सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको समिक्षा गरिने भएको छ ।

नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने

काठमाडौं, ५ फागुन ।  नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो । अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।