समाचार
बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की
बारा, २८असाढ विभिन्न मुद्दामा फरार प्रतिवादीलाई बारा प्रहरीले संरक्षण गरिरहेको एक घटनाले पुष्टि गरेको छ । बैकिङ्ग कसुर मुद्दा लगायत पत्रकार धम्की कान्डमा फरार रहेको धर्मेन्द्र यादव बारा प्रहरी कै संरक्षण र ईशारामा धम्काउने गरेको रहस्य बाहिरिएको हो । बारा जिल्लाबाट प्रकाशित शुभ आरम्भ रास्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेलाई बैन्किङ्ग कसुर मुद्दामा फरार भनिएका यादवले … Read more
प्रहरी चौकी कचोर्वाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कमलेश साहलाई कार्वाही गर्न महासंघको माग
कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार महासघंका कार्य समिति सदस्य एवम शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेले समचार लेखेकै आधारमा प्रहरी चौकी कचोर्वाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कमलेश साहले सरोकारनै नभएका अदालतले बैकिङ कसुरमा फरार रहेका धर्मेन्द यादबलाई प्रयोग गरी धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको … Read more
२सय १ केसी लागू-औषध गाजा पिकप सहित २ २ जना पक्राउ
२०१ किजी लागू-औषध गाँजा र पिकप सहित २ जना मानिस पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय सिमरौनगढ २ सय १ केजि लागू औषध गाँजा सहित २ जना मानिस र पिकपलाई नियन्त्रणमा लिएको छ। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा न. ५ ठुलो ईटवाललमा बागमती प्रदेश ०१-०२९ च ६७५२ नं. को योद्धा पिकप गाडीबाट लागु औषध गाजाँ … Read more
जिल्ला ट्राफिक प्रमुखलाई सबै भन्दा बढी नजराना दिने वरिष्ठ हवल्दार जितपुरको इन्चार्ज
जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख रामकुमार महतोलाई सबै भन्दा बढी नजराना दिने बारिष्ठ हलबार तेज नरायण मिश्रालाई जितपुरको इन्चार्जमा पठाइएको छ। बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जहरुको सरुवा गरिएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले असार १२ गते बाराका विभिन्न ट्राफिक पोष्टहरुको इन्चार्जहरुको सुरुवा गरेको थियो । सरुवाको किसिम हेर्दा जिल्ला ट्राफिक … Read more
बालेन र वडा अध्यक्षबीच विवाद- नगरसभा स्थगित
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो । आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम … Read more
१० औ नगर सभामा भएको सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही र क्षतिपूर्तिको माग
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै सचेत नागरिक समाजले ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरिएको हो । असार १० गते भएको दशौँ नगरसभाको … Read more
क्रीकेट साहलाई १लाख १हजार सहित कलैया उपमहानगरपालिका द्वारा सम्मानित
बारा । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोह बिच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ । उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी- २० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार … Read more
अनियमितता ढाकछोप गर्न जीतपुरसिमराको नगर सभामा वितण्डा भएको वडा अध्यक्ष हरिदेव खरेल दावी
बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् । वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै लेख्नुभएको ‘स्टाटस’ मा यस्तो आरोप लगाएका हुन् । उनले जीतपुरसिमराको १०औं नगरसभामा भएको घटनामा मेयर पौडेल जिम्मेवार रहेको भन्दै ९ वटा आरोप … Read more
अनियमितता ढाकछोप गर्न जीतपुरसिमराको नगर सभामा वितण्डा भएको वडा अध्यक्ष हरिदेव खरेलको दावी
बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् । वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै लेख्नुभएको ‘स्टाटस’ मा यस्तो आरोप लगाएका हुन् । उनले जीतपुरसिमराको १०औं नगरसभामा भएको घटनामा मेयर पौडेल जिम्मेवार रहेको भन्दै ९ वटा आरोप … Read more