जीतपुर, कार्तिक १९ । दलित समुदायमाथि हुँदै आएको जातीय विभेद तथा सामाजिक असमानताको अन्त्य गर्न सबै पक्ष जिम्मेवार र गम्भीर हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

दलित सञ्जालका अध्यक्ष राजदेव पालवानको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष पालवानले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै दलित समुदायमाथि अझै पनि विभिन्न क्षेत्रमा जातीय विभेद र असमानता कायम रहेकोप्रति चिन्ता व्यक्त गरे। उनले जातीय विभेदको अन्त्य, सामाजिक समानता र सम्मानजनक जीवनयापनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी र इलाका प्रशासन कार्यालय सिमराका प्रमुख गणेश नेपाली विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक राम, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दयाकृष्ण भट्ट, अस्थायी ट्राफिक प्रहरी कार्यालय जीतपुरका इन्चार्ज महेश्वरकुमार पासवान तथा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ की कार्यवाहक वडा अध्यक्ष माया विकलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरू प्रभा पासवान, पवित्रा कार्की, पदीयार जी र अर्जुन रसाइलीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कर्यक्रम सन्चालन जि.सि.उ.म.न.पा वडा न.५ का वडा सदस्य इनदल कुमार पास्वाले गरेका थिए।


