उमेश निरौलाको निरन्तर कारबाही : १ किलो ७३० ग्राम गाँजासहित एक जना पक्राउ

बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।


बुधबार, दिउँसो करिब ४ः४० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले स्थानीय ३६ वर्षीय जयनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ।


प्रहरीका अनुसार चौधरीको घरको आँगनबाट १५ वटा पुडियामा रहेको ३२० ग्राम तथा कालो प्लास्टिकमा राखिएको १ किलो ४१० ग्राम गरी प्लास्टिकसहित जम्मा १ किलो ७३० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको छ।


प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय जितपुरबाट करिब ४ किलोमिटर दक्षिण–पूर्वमा पर्ने प्रहरीले जनाएको छ।