भवानीपुर बकुलिया खानेपानी वडा नम्बर ५ र ७ का वडा अध्यक्षको रोहवरमा सरसफाई उपभोक्ता समिति गठन

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलिया भवानीपुरमा निर्माणाधीन रहेको भवानीपुर बकुलिया खानेपानी वडा नम्बर ५ र ७ का वडा अध्यक्षको रोहवरमा सरसफाई उपभोक्ता समिति गठन गरिएको छ ।करिब २५ बर्ष पहिला निर्माणा भएको खानेपानी ट्यांकी अझै संचालनमा नाएको र संचालनमा ल्याउनको ११ सदस्यी उपभोक्ता समिति गठन गरिएको छ ।

हरेराम कामीको अध्यक्षतामा ११ सदस्यी उपभोक्ता समिति सोमबार गठन गरिएको वडाध्यक्ष दिपेन्द्र चौधरीले बताउनु भयो ।लामो समय देखि उपभोक्ता समिति बिहिन रहेको भवानीपुर जीतपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको उपाध्यक्षमा अनिल कुमार साह,सचिवमा आनन्द चौधरी,सह-सचिवमा शंकरभोला साह,कोषाध्यक्षमा सुलेखा कुमारी साह,सदस्यमा सुनिल कुमार साह रहेको छ ।उपभोक्ता समिति गठन भए संगै स्थानीयमा पानि ट्यांकी संचालनमा आउने आश पलाएको छ।