जितपुर ५ असोज । स्वयंसेवक दिवसको अवसरमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय टेढाको आयोजनामा वीरगञ्ज महानगरपालिका–३२ टेढामा टोल सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
२०८३ साल असोज ५ गते आयोजित कार्यक्रममा स्थानीय क्षेत्रमा सरसफाइ गर्नुका साथै वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि विभिन्न स्थानमा वृक्षारोपण गरिएको थियो।
स्वस्थ वातावरण निर्माण, वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि तथा सुरक्षित भविष्यका लागि समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय टेढाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।


