बारा, चैत्र १६ गते । पर्सागढि युवा स्पोर्ट क्लब बडनिहारले ५औं बकुलिया भवानीपुर गोल्ड कप २०८० मा बिजयी सुरुवात गरेको छ । हेंटौडा फुटबल एकेडेमीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै पर्सागढिले प्रतियोगतामा सुखद सुरुवात गरेको हो ।
हेंटौडालाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा पर्सागढिले १–०को जीत निकालेको थियो । पर्सागढिको जीतमा जर्सि नम्बर ८ का खेलाडी सजित उरोले एक गोल गरे । पर्सागढिको बिरुद्धमा हेटौडाले गोल फर्काउन नसकेपति उरोको गोल खेलको निर्णयक बन्न पुग्यो ।
जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको उक्त उद्धाटन खेलको पहिलो हापमा उरोले गोल गरेका थिए । खेलको मैन अफ दि मेच सजित उरोनै घोषित भए । मैन अफ दि मेचको पुरस्कार स्वरुप उनले रु २१ सय नगद र सिल्ड प्राप्त गरे ।
पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० प्रतियोगिताको उद्घाटन गर्दै बारा क्षेत्र न ४ (क) को प्रदेश सभा सदस्य देवनारायण चौधरीले खेलकुदको विकासका निम्ती आफू बाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उद्धाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको उंहाले देशमा खेलको महत्व बढ्दै गएको र खेलको माध्यमबाट देशको पहिचान अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको बताउनु भयो । बकुलियामा रहेको फूटबल मैदानलाई स्तरोन्नतिको लागि सक्दो सहयोग गर्ने समेत उँहाले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै बकुलियाले राष्ट्रिय स्तरको खेलाडि उत्पादनमा निकै ठुलो भुमिका खेलेको बताउनु भयो ।
पाँचौ बकुलिया भवानीपुर गोल्डकप २०८० को संयोजक राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारि, नेपाली सोनाको श्री २८ नं. बाहिनी अड्डाका बाहिनिपती सहायकरथी राजेन्द्रमणि गरि, सशस्त्र प्रहरीको ४० नं. गण पिलुवाका प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्री, प्रहरी नायब उपरिक्षक गोविन्द पोखरेल, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक चिरन्जिवी दहाल, सशस्त्र प्रहरी बल नेपाल बकुलियाका प्रमुख प्रहरी नायब निरिक्षक कुमार बराल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ, वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर क्षेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नम्बर ११ का वडा अध्यक्ष बिन्दालाल साह, वडा नम्बर १२ का वडा अध्यक्ष श्याम बाबु थारु, वडा नम्बर १३ का वडा अध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, रास्वपाका जीतपुरसिमरा नगर सभापती सुरेश केसी, बारा जिल्ला फुटबल संघका उपाध्यक्ष घनश्याम चौधरी लगायतको उपस्थिति रहेको थियो ।
जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।