बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ मा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियामा पाठयपुस्तक बितरन गरिएको छ ।बुधवार एक कार्यक्रमको कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई पाठयपुस्तक बितरन गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका ५ का वडाध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र चौधरीले १२ सय विद्यार्थीहरुलाई किताब बितरण गरेको विद्यालयका प्रधानध्यापक धनन्जय गौतमले बताए ।वडाध्यक्ष चौधरीले विद्यार्थीहरुलाई पाठयपुस्तक हातमा पुगदा पढाईमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।उक्त पाठपुस्तक समाग्री बितरन कार्यक्रममा विद्यालय ब्यसस्थापन समितिका सदस्य एवं शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।