जितपुर सिमरा उपमहानगरपालिका बडा न.११ मा ट्युबवेल जडान सुरु उपभोक्तहरुलाई राहत मिलने

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।उर्जा जलश्रोत तथा सिचाई डिभिजन कार्यालयको बजेट बाट अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।बिहिवार एक कार्यक्रमको बिच नयाँ ट्युबवेल जडानको शिलान्यास गरिएको छ ।

oplus_0

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ११ को जनता कृषि पेशामा आत्मनिर्भर रहेको हुनाले पहिले चरणमा १५ लाखको लागतमा तत्काल ट्युबवेल निर्माण सुरु गरिएको छ ।अमाडारमा ट्युबवेलको धेरै आवश्यकता रहेकोले केन्द्रिय सरकार संग पहल गरेर करिब १ करोडको लागतमा अमाडारमा ट्युबवेलको बजेत ल्याईएको माओवादीकि केन्द्रिय सदस्य गिता कंडेलले बताईन।बर्षौ देखि किसानले सिचाईको अभावमा कृषि पेशामा खेप्दै आएको नोक्सानी अब ट्युबवेल निर्माण भए संगै कम हुने जीतपुरसिमरा उपमहानगरपालिका-११ का कार्यवाहक वडाध्यक्ष सुरेश यादवले बताए।

oplus_0

यहाँका किसानले सिचाईको कारणले गर्दा कृषि पेशा बाट नै बिषथापित हुन पुगेको बेला नेपाल सरकारले ट्युबवेल निर्माणको लागि बजेट छुटयाएमा पुरै वडा बासी नै अहिले खुशी भएको कार्यवाहक वडाध्यक्ष यादवले बताए । सिचाईको कारण करिब १० बिघा क्षेत्रफलमा केरा खेती गरेको सन्तोष यादव अहिले ट्युबवेल निर्माण सुरु भए पछि उनको अनुहारमा समेत खुशी आएको छ ।

केराको लागि अब आवश्यक पर्ने सिचाई ट्युबवेल बाट हामिले दिन सक्छौ र केरा खेती बाट अब आम्दानी गर्न सहज भएको किसान संतोष यादवले बताए।अमाडारमा निर्माण भईरहेको ट्युबवेलले करिब १०० बिघा क्षेत्रफलमा सिचाई पुर्याउन सकिने छ ।तत्काल १५ लाख को लागतमा जनकपुर कन्स्ट्रक्सन एण्ड ट्युबवेल ड्रीलिङ  कम्पनीले ट्युबवेल निर्माण गरिरहेको छ भने ट्युबवेलको गहिराई करिब १०० मिटर हुने छ।उक्त ट्युबवेल शिलान्यास कार्यक्रममा नेकपा माओवाद केन्द्रको ११ नम्बर वडा कमिटी अध्यक्ष राजकुमार साह लगाएत किसानहरुको उपस्थिति रहेको थियो।