१० औ नगर सभामा भएको सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारबाही र क्षतिपूर्तिको माग

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै सचेत नागरिक समाजले ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

बुधबार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभा सदस्यहरूलाई कानुनी कारबाही र भौतिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउन माग गरिएको हो ।

असार १० गते भएको दशौँ नगरसभाको तेस्रो बैठकमा राज्यको सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी लिनुभएका जनप्रतिनिधिबाट प्रहरी प्रशासनको बाक्लो उपस्थितिमा भएको घटना खेदजनक र भत्सनायोग्य छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यस हर्कतलाई आम जनताले कुन रूपले लिने सोचनीय विषय छ, त्यसको हामी घोर निन्दा एवं भर्त्सना गर्दैछौं ।

ज्ञापनपत्र बुझ्दै उपमहानगरकी प्रमुख प्रशासकीय अधिकृत  काफ्लले नगरसभा व्यवस्थापनमा केही कमजोरी भएकोले त्यस्ता कमीकमजोरी दोहोर्‍याउन नदिन अगामी दिनमा ध्यान दिने बताएकी छिन् । उनले सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिको विषयमा कानुनी पक्रिया बुझेर अगाडि बढ्ने बताइन् ।