२०१ किजी लागू-औषध गाँजा र पिकप सहित २ जना मानिस पक्राउ परेका छन।
इलाका प्रहरी कार्यालय सिमरौनगढ २ सय १ केजि लागू औषध गाँजा सहित २ जना मानिस र पिकपलाई नियन्त्रणमा लिएको छ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा न. ५ ठुलो ईटवाललमा बागमती प्रदेश ०१-०२९ च ६७५२ नं. को योद्धा पिकप गाडीबाट लागु औषध गाजाँ झारी कलैया तर्फ जादै छ।
भन्ने गोप्य सुचना साथ यस कार्यालयबाट प्र.नि. नविन राईको कमाण्डमा खटिगएको ७ जना प्रहरी टोलीले ठुलो ईटवालल बाट कलैया तर्फ जादै गरेको योद्धा पिकप र चस्लक र सहयगी चालकलाई नियन्त्रण लिएको छ।
नियन्त्रणमा लिएका चालक जिल्ला धादिङ निलकण्ठ न.पा.८ बस्ने भिम बहादुर अधिकारीको छोरा अं.बर्ष २२ को सुजन अधिकारी र चालकको सहयोगी जिल्ला धादिङ ज्वलामुखी गा.पा.१ बस्ने बिरबहादुर नेपालीको छोरा अं.बर्ष २३ को रमेश नेपाली लाई सोधपुछ गर्द सिम्रौनगढ न.पा. ५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा गाडीबाट झारेको बताएकआ थिए।
निज मनोज कुमार साहको घरमा खानतलासी गर्दा २०१ केजी. (१६ पोका) लागु-औषध गाँजा बरामद गरी उक्त गाँजा, गाडी र २ जना मानिसलाई इलाका प्रहरी कार्यालयसिमरौनगढ्ले जिल्ला प्रहरी कार्यलय कलैया पठाइएको आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता दधिराम न्यौपानेले जनकारी गराए।