बारा :प्रहरी संगठनका घुमुवाहरूकै कारण ज्यादै बदनाम बन्दै आएको छ ।
सूचना संकलनका लागि कार्यालय प्रमुखले सिभिलमा परिचालन गरेको भनिए पनि यथार्थमा त्यस्ता सिभिलमा परिचालित घुमुवाहरू हाकिम र आफ्ना लागि रकम उठाउने अभियानमा सक्रिय हुँदै आएका कारण पनि यिनै घुमुवाका कारण प्रहरी संगठन नै बदनाम हुने गर्दछ ।
ईलाका प्रहरी कार्यालय सिमराका घुमुवा सुवोध कुमार राजपुतको आतंकको कारण अहिले जीतपुर सिमाराको साना ठुला व्यवसायीहरु आक्रोशित हुन् थालेका छन ।
ईलाका प्रहरी कार्यालय सिमराका इन्चार्जले चिरञ्जीवी दहाल राखेका घुमुवाले अहिले जीतपुर पाडा बजारमा पाडा बेच्न आउने ब्यापारीहरु संग हरेक बजारको दिन ५ हजार देखि १०हजार सम्म पैसा असुल्ने गरेको पाईएको छ ।
पाडा ब्यसायीहरु सिमराका घुमुवाले आफुहरु संग प्रतेक बजारको ५ हजार देखि लिएर १०हजार सम्म पैसा लिने गरेको पाडा ब्यापारी तथा साना ठुला ब्यपारीहरुले गुनासो गरेका छन।
आमनागरिकको सुरक्षाको लागि खटिएको प्रहरीले यसरि डराएर ब्यापारीहरु संग पैसा असुल्नेमा व्यस्त भए पछि अहिले प्रहरी संगठननै बदनाम हुन् थालेको छ ।
कार्यालय प्रमुखहरुले आफु अनुकुल घुमुवा राखेर पैसा असुल्ने गरेको समाचार आज भोलि कुनै नौलो समाचार मा रहेको सर्वविदितै छ ।सिमराका डि एस पीका घुमुवाले तस्करी गरिरहेका तस्करहरु संग पैसा असुल्ने गरेको भेटिएको छ ।
घुमुवाले खाद्यान्न देखि लिएर कपडाको तस्कर गर्नेहरु संग महिनाको २ हजार देखि ५ हजार सम्म पैसा असुले र पनि ती तस्करहरुको समान समातिने गरेको केहि तस्करहरुको भनाई रहेको छ ।
यता डि एस पी चिरञ्जीवी दहाल संग यसबारेमा सोधपुछ गर्दा म यस कडा करवाही गर्छु भने र पनि मौन बसेको देखिएको छ।