लाखौंको राजस्व छलेर कम्पयुटर पार्टसको तस्करी गर्दै अजय सिंह, तुलसी इन्फोसेसको नाममा बिक्री गर्दै।

वीरगंज,१४ साउन ।

अहिले अर्थतन्त्रमा आएको शिथिलता चिर्दै अर्थतन्त्र सुमधुर बन्छ भन्न सकिने अवस्था छैन् । सरकारको आम्दनीले खर्चै नधानिने अवस्था आउने त हैन् भने आशंका पनि नगरिएको होईन् । बजार व्यवसाय खासै चलायमान नहुँदा व्यापारको अवस्था समेत खुस्किदो छ । तर वीरगंजका अजय सिंह भन्ने व्यापारीले मासिक लाखौंको राजस्व छली गर्दै कम्पयुटर पार्टसको तस्करी गरिहेको पाईएको स्रोतको दाबी छ।

अजय सिंह भन्ने व्यापारीले मासिक लाखौं रुपैयाँको राजस्व छली गर्दै करोडौंको कम्पयुटर र त्यसका विभिन्न पार्टहरु तस्करी गरिरहेको पाईएको हो ।

स्रोतका अनुसार अजय सिंहले भारतबाट तस्करीको माध्यमबाट भित्रियाएको कम्पयुटर र त्यसका सामानहरु वीरगंजको रेल्वे रोडस्थित गहवामा रहेको तुलसी इन्फोसेसको नाममा बिल काटेर बिक्री गर्दै आएका छन् ।

अजय सिंहले आफ्ना श्रीमतिका नाममा संचालन गरेको तुलसी इन्फोसेस नामक कम्पनीबाट तस्करीको माध्यमले मासिक करोडौ मूल्य बराबरको कम्पयूटर बिक्री गर्दै सरकारलाई बुझाउने लाखौं रुपैयाँको राजस्व छली गर्दै आएको नाम नखोल्ने सर्तमा एक जना कारोवारीले बताएका छन् ।

अजय सिंहले आफ्नै नाममा दर्ता गरेको एडी कम्पयुटर सप्लायर्स मार्फत समेत कम्पयुटर लगायतका सामान बिक्रि गर्दै आएको स्रोतले बताएको छ ।

वीरगंज–१६ घर भएका गणेश नामक तस्करको माध्यमद्वारा सीमानाकामा तैनाथ प्रहरी प्रशासनलाई मिलाएर भरियाको माध्यमबाट दिनहु कम्पयुटरका डेस्कटप, एस.एस.डी., रयाम, प्रोशेसर, मदर बोर्ड लगायतका कम्पयुटरका सामानहरु तस्करी गरि आफ्ना श्रीमतिको नाममा संचालन गरेको तुलसी इन्फोसेस नामक कम्पनी र आफ्नै नाममा संचालन गरेको एडी कम्पयुटर सप्लायर्सको नामबाट बार्षिक करोडौंको राजस्व छली गरि तस्करीका सामानहरु बिक्रि बितरण गर्दै आएको स्रोतले जनाएको छ ।

एडी कम्पयुटर सप्लायर्सका संचालक अजय सिंहसंग कम्पयुटर र त्यसका पार्टपूर्जाहरु खरिदका लागि मूल्य सोध्दा उनले बिल सहित डेस्कटपको मूल्य रु १५ हजार र बिना बिलको मूल्यको १४ हजार ३ सय रहेको बताउँछन् । खरिद बिल अनुसार कति प्रतिशत मुनाफा लिएर बिक्री गरिरहनु भएको छ ? भनेर प्रश्न गर्दा अन्य ठाउँभन्दा सस्तो दरमा बिक्री गर्ने गरेको आफै स्वीकार्छन् । यसले समेत अजय सिंहले तस्करीको माध्यमबाट कम्पयुटर र त्यसका पार्टपूर्जाहरु आयात गरि राजस्व छली गर्ने गरेको पुष्टि हुन्छ ।
यति मात्रै होईन अजय सिंहले तस्करीको माध्यमबाट भित्रियाएको करोडौं मूल्यको कम्पयुटरका पार्टपूर्जाहरु अहिले पनि रेल्वे रोडस्थित दुर्गा हलको छेउ रहेको एक गादोमा भण्डारण गरेर राखेको स्रोतले जनाएको छ ।

यस विषयबारे अजय सिंहसंग टेलिफोन सम्पर्क गर्दा “यो आरोप तथ्यहिन रहेको र मेरो तस्करीसंग कुनै नाता नरहेको तथा मैले कुनै राजस्व छली गरेको छैन” बताएका छन् ।कसैले मेरो चरीत्र हत्या गर्न दुस्साहस गरेको आरोप लगाएका छन् ।

सिंहसंग तुलसी इन्फोसेस र एडी कम्पयुटर सप्लायर्सको संचालक तथा प्रोपराईटर को हुन? भन्ने प्रश्न गर्दा मलाई थाहा छैन बताए ।

तुलसी इन्फोसेस र एडी कम्पयुटर सप्लायर्सका साहु बनेर सम्पुर्ण खरिदबिक्री गर्ने तर संचालक को हो म लाई थाहा छैन भन्ने प्रतिक्रिया दिने सिंहको भुमिका प्रती प्रश्न चिन्ह खडा भएको उहाँको भनाईले प्रमाणित गरेको छ।