जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न

असोजअसोज। बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुर स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था स्थापना भएको १९ वर्ष पुरासँगै १९ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न गरिएको थियो।

संस्थाका अध्यक्ष गोपाल सिंह कंडेलको अध्यक्षता तथा बारा क्षेत्र न ४ (क )का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष सहित विभिन्न प्रतिवेदनहरु सर्वसम्मत रुपले पारित संस्थाका सचीव कपिलदेव यादव ले प्रतिवेदन  सुनाएका थिए।  संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको रहेछ ।

साधारण सभामा शुभकामना मन्तब्य दिदै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले यस जनकल्याण  बहुउद्देश्यीय सहकारी संस्थाले वास्तवमा यस क्षेत्रका जनताको कल्याण गरेको अनुभुति भएको बताउनु भएको थियो । उँहाले शेयर सदस्यहरु एउटै सहकारी संस्थामा आबद्ध भई आफ्ना आर्थिक कारोबार सहकारी मार्फतनै गर्नुपर्नेमा जोड दिनुभए ।

कार्यक्रमका विशिष्ट अतिथी जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिजारीले सहकारीहरु सँख्यात्तमकभन्दा गुणात्मक तरिकाले बृद्धि भई साधारण सदस्यहरुको जिवन उकास्ने कार्यक्रममा थप जोड दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना संस्थाका ५ जना उत्कृष्ट बचत कर्ता र ५ जना उत्कृष्ट कर्जा तिर्नेलाई समान गरेको छ ।

उक्त साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल ,संस्थाका उपाध्यक्ष गनेश प्रसाद कलवार,संस्थाका सचिव कपिलदेव प्रसाद यादव लगाएत संस्थाका शेयर सदस्य लगाएत वडा न ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीको उपस्थिति रहेको थियो।