गढिमाई मन्दिर छातापिप्रामा भोलि ७:४० देखि बलि चढाईने

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिप्रामा रहेको गढिमाई मन्दीरमा भोलि ७:४० देखि बलि चढाईने भएको छ ।गढिमाई मेला समितिका अध्यक्ष रोशन चौधरीले शुक्रबार ७:४० देखि बलि चढाइने बताएको छ ।

दशैको घटस्थापना देखि सुरु भएको गढिमाई मन्दिरको परिषरको मेला अहिले पनि जारिनै रहेको छ ।अहिले गढिमाई मन्दिर परिषरमा मेला हेर्न आउने र दर्शनार्थीहरुको भिड बढेको छ ।प्रत्येक बर्ष झै यश बर्ष पनि गढिमाई मन्दिर परिषरमा भब्य र शभ्य मेलाको आयोजना गरिएको छ ।शुक्रबार ७:३० सम्म अस्ठमी भएकोले ७:४० मा नवमी सुरु भए संगै गढिमाईको बलि सुरु हुने अध्यक्ष चौधरीले बताए